पश्चिम नवलपरासी झडप अपडेट : उपचारको क्रममा एक जनाको मृत्यु
मङ्गलबार, १३ फागुन २०८१, २१ : १२
बुटवल । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका बेलासपुरमा दुई समूहबिच झडपमा गम्भीर घाइते भएका विजय धवलको मृत्यु भएको छ । उनको भैरहवाको सिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक नारायण थापाले रातोपाटीलाई जानकारी दिए ।
गम्भीर घाइते भएको विजय धवल र वैजनाथ लोहनियलाई भैरहवा सिटी अस्पतालमा उपचारको लागि ल्याएको थियो । घटनाका घाइते स्थानीय ३ जनाको नवलपरासी पृथ्वी चन्द्र अस्पताल उपचार भइरहेको छ ।
स्थानीय एक जोडीको प्रेम विवाहको विषयलाई लिएर बेलासपुर र प्रसौनीका केही व्यक्तिबिच झडप भएको प्रहरीले जनाएको छ । केटा पक्षकाले केटी पक्षका घरमा आएर आगजनीको प्रयास गरेपछि प्रहरीले असुर ग्यास तथा हवाई फायर गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरक्कोको जितले समीकरण फेरियो, स्कटल्याण्डलाई इतिहास रच्न अन्तिम खेल कुर्नुपर्ने
-
महाधिवेशनको पूर्वसन्ध्यामा चितवनमा रास्वपाको केन्द्रीय समिति बैठक बस्दै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज कृषि तथा वन विज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त
-
शनिबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
कीर्तिमानी गोलसँगै पहिलो हाफमा मोरक्को १–० ले अगाडि, दबाबमा स्कटल्याण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण