कांग्रेस–एमालेको काम रास्वपा र रविलाई लखेट्ने हो : सन्तोष परियार

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेको प्रमुख काम नै रास्वपा र रवि लामिछानेलाई लखेट्ने भन्ने मात्र रहेको बताएका छन् । देशको अर्थतन्त्र गम्भीर अवस्थामा गएकातर्फ ध्यान दिनुको साटो खाली राज्यसत्ताको आडमा रास्वपालाई सिध्याउने रणनीतिमा दुई दलहरू अग्रसर भएको उनको भनाइ छ ।
‘सत्ताधारीहरुले अनावश्यक विवादमा पारेर हाम्रो पार्टी नै सक्काउन खोजे,’ मंगलबार बेलुका वीरेन्द्रनगरमा पत्रकारसँग कुराकानी गर्दै उनले भने । साथै उनले दुई तिहाइको केपी शर्मा ओली नेतृत्वको सरकारले जनतामा आशा गर्ने गरी कुनै काम गर्न नसकेको बताए । उनले भने, ‘दुई तिहाइको सरकार छ, काम भने केही छैन, आफै रनभुल्ल छ । जनताको सेवा गर्न नाममा सरकारले जनतालाई नै घाइते बनाइरहेको छ ।’
साथै परियारले रवि लामिछानेको सांसद पद निलम्बन गर्नकै लागि सम्पत्ति शुद्धीकरणको मुद्दा लगाएको बताए । रास्वपाको उदयले पुराना राजनीतिक दलहरू डराएको र रास्वपालाई ढाल्ने प्रयत्न भइरहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा
-
पश्चिम नवलपरासीमा श्रावणी महामहोत्सवको तयारी सुरु
-
ज्योति भण्डारीलाई प्रहरीले कम्बोडियाबाट ल्यायो काठमाडौँ
-
१० बजे १० समाचार : अदालतबाट राजुलाई राहत, कुलिङ पिरियडले किचलो
-
११ महिनामा बागमती सरकारको बजेट कार्यान्वयन ५० प्रतिशत पनि पुगेन
-
विपद् व्यवस्थापनमा खटिन नेविसंघको निर्देशन