कांग्रेस–एमालेको काम रास्वपा र रविलाई लखेट्ने हो : सन्तोष परियार
सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेको प्रमुख काम नै रास्वपा र रवि लामिछानेलाई लखेट्ने भन्ने मात्र रहेको बताएका छन् । देशको अर्थतन्त्र गम्भीर अवस्थामा गएकातर्फ ध्यान दिनुको साटो खाली राज्यसत्ताको आडमा रास्वपालाई सिध्याउने रणनीतिमा दुई दलहरू अग्रसर भएको उनको भनाइ छ ।
‘सत्ताधारीहरुले अनावश्यक विवादमा पारेर हाम्रो पार्टी नै सक्काउन खोजे,’ मंगलबार बेलुका वीरेन्द्रनगरमा पत्रकारसँग कुराकानी गर्दै उनले भने । साथै उनले दुई तिहाइको केपी शर्मा ओली नेतृत्वको सरकारले जनतामा आशा गर्ने गरी कुनै काम गर्न नसकेको बताए । उनले भने, ‘दुई तिहाइको सरकार छ, काम भने केही छैन, आफै रनभुल्ल छ । जनताको सेवा गर्न नाममा सरकारले जनतालाई नै घाइते बनाइरहेको छ ।’
साथै परियारले रवि लामिछानेको सांसद पद निलम्बन गर्नकै लागि सम्पत्ति शुद्धीकरणको मुद्दा लगाएको बताए । रास्वपाको उदयले पुराना राजनीतिक दलहरू डराएको र रास्वपालाई ढाल्ने प्रयत्न भइरहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीको बजेटमा विपन्नलाई आवासदेखि मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रम
-
३५ अर्ब ३९ करोड बजेटः हराए अर्गानिक नारा, असफल पुराना समेटिए योजना (पूर्णपाठ)
-
बागमतीले ३० अर्ब राजस्व उठाउने, डिजिटल राजस्व प्रणाली स्थापना गर्ने
-
५६ करोड भ्रष्टाचार मुद्दामा बागमतीका निलम्बित मेयर थापासहित ८ जनाको सुनुवाइ सर्यो
-
व्यवसायी भट्ट र अग्रवालको बयान सकिएन, न्यायिक हिरासतमा पठाइयो
-
भारतीय अवरोधका कारण नेपाली चिया उद्योग सङ्कटमा, असार ४ गतेदेखि उद्योग बन्द गर्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण