नेपालगञ्जमा भ्यानको ठक्करबाट एक बालकको मृत्यु
बाँके । नेपालगञ्जमा भ्यानको ठक्करबाट आज एक जना बालकको मृत्यु भएको छ । सो घटनामा तीन जना घाइते भएका छन् ।
नेपालगञ्ज उपमहानगरपालिका–१२ बेलासपुरमा सडकमा गुडिरहेको भे१च ३८९५ नम्बरको डेलिभरी भ्यान अनियन्त्रित भएर सञ्जय सिलवालको घरको आँगनभित्र छिर्दा ६ वर्षीय बालक दृश्यसिंह बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक हिम विकले जानकारी दिए ।
दुर्घटनामा स्थानीय ४३ वर्षीय सिलवाल, ६ वर्षीया सृष्टि गौतम र आठ वर्षीय सञ्जीव सिलवाल घाइते भएका छन् । उनीहरू घरबाहिर आँगनमा बसिरहेका थिए । तीनै जनाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।
भ्यान र भ्यान चालक २३ वर्षीय सुरज थारू र भ्यानमा सवार अर्का एक जना ३८ वर्षीय लियाकत अलीलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफाको आचारसंहिता अन्तिम समयमा फेरबदल : रङ्गशालाभित्र पानीका बोतल लैजान नपाइने
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
-
टिकटकर तुलसा अधिकारीको थुनछेक बहस सकियो
-
भिसाको अन्योलबिच विश्वकपका लागि मेक्सिको प्रस्थान गर्दै इरानी टोली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण