अमेरिका र युक्रेन खनिज सम्झौताका लागि सहमत, ट्रम्पले जेलेन्स्कीलाई किन बोलाए वासिङ्टन ?
बुधबार, १४ फागुन २०८१, ०५ : ४९
काठमाडौं । अमेरिका र युक्रेन खनिज सम्झौताका शर्तमा सहमत भएको खबर छ । युक्रेनका एक वरिष्ठ अधिकारीको हवाला दिँदै बेलायती समाचार संस्था बीबीसीले खबर सार्वजनिक गरेको हो ।
ती अधिकारीले सहमतिमा कयौँ राम्रा संशोधनहरु परेका भए पनि मस्यौदामा के छ, के छैन भन्ने सन्दर्भमा पूर्ण जानकारी आइनसकेको बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीलाई सुझाव दिंदै सम्झौतामा हस्ताक्षर गर्नका लागि शुक्रबार वाशिंटन डिसीको यात्रा गर्न आमन्त्रण गरेका बताइएको छ ।
ट्रम्पले यसपछि युक्रेनलाई लड्ने अधिकार मिल्ने भनी प्रतिक्रिया समेत दिएका छन् । यता, बेलायीती प्रधानमन्त्री कीर स्टार्मरले रुसी नेता भ्लादिमिर पुटिको आक्रामकता न रोकिएको र जसबाट आफुहरु छुप्न नसक्ने टिप्पणी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण