स्पेनका लागि नेपालका राजदूत शनिल नेपालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
काठमाडौँ । स्पेनका लागि नेपालका राजदूत शनिल नेपालले त्यहाँका नरेश फेलिपे छैटौँसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका गरेका छन् । म्याड्रिडस्थित राजप्रसादमा आयोजित विशेष समारोहमा उनले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् ।
ओहोदाको प्रमाणपत्र पेस गरेपछि स्पेनी नरेशसँग भएको शिष्टाचार भेटमा नेपाल तथा स्पेनबीच सम्बन्धका विविध पक्षबारे सङ्क्षिप्त छलफल भएको म्याड्रिडस्थित नेपाली राजदूतावासले जनाएको छ ।
राजदूत नेपालले राष्ट्रपति रामचन्द्र पौडेलका साथै नेपाल सरकार र नेपाली जनताका तर्फबाट स्पेनका नरेशको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै स्पेनका जनताको निरन्तर प्रगतिको कामना गरे।
उनले नेपालको परराष्ट्र नीति, विकासका प्राथमिकता र प्रयास, जलवायु परिवर्तनका कारण उत्पन्न समस्या समाधानका प्रयत्न तथा पर्यावरणीय चुनौतीको सामाना गर्न अन्तरराष्ट्रिय सहयोगको महत्वलगायत विषयमा छलफल भएको दूतावासले मङ्गलबार जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण