नेतन्याहूले दक्षिणी सिरियालाई सैन्यमुक्त गर्ने सुझाव दिएपछि विरोध प्रदर्शन
बुधबार, १४ फागुन २०८१, १० : ४५
एजेन्सी । दमास्कसको दक्षिणी क्षेत्रमा सिरियाको अन्तरिम सरकारी सेनाको उपस्थितिलाई अस्वीकार गर्ने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको हालैको टिप्पणीको प्रतिक्रियामा दक्षिणी सिरियाभर विरोध प्रदर्शन सुरु भएको छ ।
आइतवार एक सम्बोधनमा नेतन्याहूले इजरायलले एचटीएस (हयात तहरीर अल–शाम) सेना वा नयाँ सिरियाली सेनालाई दमास्कसको दक्षिणी क्षेत्रमा प्रवेश गर्न नदिने बताएका थिए । उनले दक्षिणी सिरियाको पूर्ण सैन्य मुक्तिकरणमा जोड दिएका थिए ।
जसले देशभर व्यापक आक्रोश बढाएको छ । स्वेइदा, दारा, दमास्कस र कुनेइट्रा लगायत धेरै सिरियाली शहरहरूमा प्रदर्शनहरू भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण