धनाढ्य विदेशीलाई ५० लाख डलरमा ‘गोल्ड कार्ड’ बेच्दै छन् ट्रम्प
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धनाढ्य विदेशीहरूलाई ‘गोल्ड कार्ड’ बेच्ने योजना ल्याएका छन् । मंगलबार ट्रम्पले यो योजनाको घोषणा गरेका हुन् ।
यस योजनामा ५० लाख डलर तिर्ने विदेशीलाई अमेरिकामै बस्ने र काम गर्ने अधिकार दिँदै अमेरिकी नागरिकता दिइनेछ । ‘हामीले गोल्ड कार्ड बेच्न गइरहेका छौँ ।’ओभल अफिसबाट ट्रम्पले भने ।
‘तिमीहरूसँग हरियो कार्ड छ । यो सुनौलो कार्ड हो । हामीले यो कार्डको मूल्य ५० लाख अमेरिकी डलर राखेका छौँ, यसले तिमीहरूलाई ग्रिन कार्डमा भएको सेवा सुविधा त दिने छ नै यसको साथमा नागरिक बन्ने मार्ग पनि प्रशस्त गर्नेछ । धनी मानिसहरू यो कार्ड किन्न हाम्रो देशमा आउनेछन् ।’ उनले भने । यो कार्डको विक्री करिब दुई हप्तामा सुरु हुने बताइएको छ । दसौँ लाख यस्ता कार्ड बेचिने पनि ट्रम्पले बताए ।
यी कार्ड रुसी अति धनाढ्यहरूलाई बेच्नेबारे के सोच्नु भएको छ भनेर सोधिएको प्रश्न ट्रम्पले ,‘किन नहुनु । मैले केही रुसी धनाढ्य चिनेको छु उनीहरू निकै राम्रा मान्छे हुन् ।’ भन्ने जवाफ दिएका थिए । अहिले अमेरिकाले कम्तीमा साढे १० लाख वा ८ लाख डलर लगानी गर्नेलाई ईबी–५ भिसा दिइरहेको छ । विदेशी लगानी आकर्षित गर्न १९९० मा यो कार्यक्रम सुरु गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण