केही घण्टाका लागि किन काठमाडौँ आए प्रचण्ड ?
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड केही घण्टाका लागि काठमाडौँ आएका छन् । पार्टीले सञ्चालन गरेको जनतासँग माओवादी अभियानका क्रममा कोशी प्रदेशमा व्यस्त रहेका प्रचण्ड बुधवार विरटनगरबाट मध्याह्न काठमाडौँ आएका हुन् ।
उनी काठमाडौँमा पार्टीका केही आन्तरिक गतिविधि र छलफलमा सहभागी हुने प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले रातोपाटीलाई जानकारी दिए । ‘आज अभियानको कार्यक्रम पनि छैन, त्यही भएर पार्टीकै कामका सिलसिलामा उहाँ काठमाडौँ आउनु भएको हो । उहाँ आजै विराटनगर फर्किनुहुन्छ’, आचार्यले रातोपाटीसँग भने ।
प्रचण्ड बुधवार पार्टी कार्यालय पेरिसडाँडामा सहिद दिलबहादुर रम्तेलको स्मृति दिवसमा आयोजित कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । यस्तै उनी सुदूरपश्चिमका नेताहरूसँग पनि उनले छलफल गर्ने कार्यक्रम छ । सुदूरपश्चिममा लामो समयदेखि संसदीय दलको नेताका सम्बन्धमा विवाद छ । सो विवाद मिलाउन प्रचण्डले भूमिका नखेलेको आरोप लाग्दै आएको छ । सोही छलफलका लागि भनेर नेता खगराज भट्टसहितका नेताहरू काठमाडौँ आइससकेको बताइएको छ ।
प्रचण्ड साँझ जहाजमार्फत विराटनगर फर्किने र त्यहाँबाट सुनसरी जाने बताइएको छ । बिहीबार सुनसरीमा पार्टीको अभियान अन्तरगतको कार्यक्रम रहेको छ । यसअघि बुधवार बिहान भने प्रचण्ड विराटनगरमै मर्निङवाकमा सहभागी भएका थिए भने प्रेस सेन्टरको पत्रकार सम्मेलन र अखिल क्रान्तिकारीको कार्यक्रममा पनि सहभागी भएका थिए । माओवादीले जनतासँग माओवादी अन्तरगत तराई मधेस अभियान झापाबाट सुरु गरेर निरन्तरता दिइरहेको छ । अभियानभर प्रचण्डसहितका नेताहरू जनताको घरदैलोमा पुग्ने कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवनमा विद्युत् आपूर्ति अनियन्त्रित हुँदा सेवा प्रभावित
-
पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु
-
१० बजे १० समाचार : अभिषेकले चलाएको यमराजको शासन, रास्वपा पदाधिकारीमा क–कसको चर्चा ?
-
खेलको सातौँ मिनेटमै इंग्ल्याण्डविरुद्ध कङ्गोको गोल
-
विश्वकप : इंग्ल्याण्ड र कङ्गोबिचको खेल सुरु
-
पेट्रोलियम पदार्थको बिक्री सामान्य अवस्थामा फर्कियो, १४ पेट्रोल पम्पको ताला खोलियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण