च्याम्पियन्स ट्रफीमा खटन नमानेपछि लाहोरका एक सयभन्दा बढी सुरक्षाकर्मी पदबाट बर्खास्त

काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफीको नवौँ संस्करण पाकिस्तान र संयुक्त अरब इमिरेट्समा जारी छ । आयोजक राष्ट्र पाकिस्तान यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको छ । २९ वर्षपछि आईसीसीको ठुलो प्रतियोगिता आयोजना गरिरहेको पाकिस्तानले च्याम्पियन्स ट्रफीका क्रममा एकपछि अर्को समस्याको सामना गर्नु परिरहेको छ ।
यसैक्रममा, पाकिस्तानको पञ्जाब प्राप्तका एक सयभन्दा बढी सुरक्षाकर्मीलाई पदबाट बर्खास्त गरिएको समाचारमा सार्वजनिक भएको छ । च्याम्पियन्स ट्रफीकै कारण ती सुरक्षाकर्मीलाई पदबाट बर्खास्त गरिएको समाचारमा जनाइएको छ । च्याम्पियन्स ट्रफीको सुरक्षामा खट्न अस्वीकार गरेका कारण उनीहरुलाई पदबाट बर्खास्त गरिएको बताइएको छ । केही सुरक्षाकर्मी भने च्याम्पियन्स ट्रफीमा आफूलाई दिइएको जिम्मेबारी छाडेर अन्यत्रै गएका थिए ।
पञ्जाब प्राप्तको प्रहरीका एक वरिष्ठ अधिकारीलाई उदृत गर्दै प्रकाशित समाचारमा जनाइए अनुसार, अधिकांश सुरक्षाकर्मीले च्याम्पियन्स ट्रफीको सुरक्षामा खट्न अस्वीकार गरेका थिए । समाचारमा ती बरिष्ठ अधिकारीको नाम भने सार्वजनिक गरिएको छैन ।
‘अधिकांश सुरक्षाकर्मीलाई लाहोरस्थित गद्दाफी स्टेडियम र खेलाडीहरु बसेको होटलमा सुरक्षाका लागि खटाइएको थियो । तर, उनीहरुले आफ्नो जिम्मेबारी पालन गर्न अस्वीकार गरेका थिए,’ ती अधिकारीले भनेका छन् ।
पञ्जाब प्रहरीका आईजीपी उस्मान अनवरले पनि आफ्नो जिम्मेबारी पालन नगर्ने सुरक्षाकर्मीमाथि कडा कारवाही गरिने जनाएका छन् । ‘देशको प्रतिष्ठासँग जोडिएको यति ठुलो प्रतियोगितामा कसैले हेलचेक्राई गर्छ भने त्यसले सजायको भागिदान पनि बन्नै पर्छ,’ अनवरले भनेका छन् ।
सुरक्षाकर्मीले च्याम्पियन्स ट्रफीमा खट्न किन अस्वीकार गरे भन्ने विषयमा केही खुलाइएको छैन । एक अपुष्ट समाचार अनुसार, च्याम्पियन्स ट्रफीका क्रममा निरन्तर रुपमा क्षमताभन्दा बढी काम गर्नु परेकाले उनीहरुले यस्तो अप्रिय निर्णय लिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, नयाँ मूल्य कति ?
-
बेलायती राजा नेपालको सहयोगका लागि प्रतिबद्ध : राजदूत घिमिरे
-
पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका कपाली निर्वाचित
-
डिभी लोटरीको नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र उत्तराखण्डका मन्त्रीबिच भेटवार्ता
-
भारतले निर्माण गरिरहेको तटबन्ध रोक्न एमालेले गर्यो सरकारलाई आग्रह