च्याम्पियन्स ट्रफीमा खटन नमानेपछि लाहोरका एक सयभन्दा बढी सुरक्षाकर्मी पदबाट बर्खास्त
काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफीको नवौँ संस्करण पाकिस्तान र संयुक्त अरब इमिरेट्समा जारी छ । आयोजक राष्ट्र पाकिस्तान यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको छ । २९ वर्षपछि आईसीसीको ठुलो प्रतियोगिता आयोजना गरिरहेको पाकिस्तानले च्याम्पियन्स ट्रफीका क्रममा एकपछि अर्को समस्याको सामना गर्नु परिरहेको छ ।
यसैक्रममा, पाकिस्तानको पञ्जाब प्राप्तका एक सयभन्दा बढी सुरक्षाकर्मीलाई पदबाट बर्खास्त गरिएको समाचारमा सार्वजनिक भएको छ । च्याम्पियन्स ट्रफीकै कारण ती सुरक्षाकर्मीलाई पदबाट बर्खास्त गरिएको समाचारमा जनाइएको छ । च्याम्पियन्स ट्रफीको सुरक्षामा खट्न अस्वीकार गरेका कारण उनीहरुलाई पदबाट बर्खास्त गरिएको बताइएको छ । केही सुरक्षाकर्मी भने च्याम्पियन्स ट्रफीमा आफूलाई दिइएको जिम्मेबारी छाडेर अन्यत्रै गएका थिए ।
पञ्जाब प्राप्तको प्रहरीका एक वरिष्ठ अधिकारीलाई उदृत गर्दै प्रकाशित समाचारमा जनाइए अनुसार, अधिकांश सुरक्षाकर्मीले च्याम्पियन्स ट्रफीको सुरक्षामा खट्न अस्वीकार गरेका थिए । समाचारमा ती बरिष्ठ अधिकारीको नाम भने सार्वजनिक गरिएको छैन ।
‘अधिकांश सुरक्षाकर्मीलाई लाहोरस्थित गद्दाफी स्टेडियम र खेलाडीहरु बसेको होटलमा सुरक्षाका लागि खटाइएको थियो । तर, उनीहरुले आफ्नो जिम्मेबारी पालन गर्न अस्वीकार गरेका थिए,’ ती अधिकारीले भनेका छन् ।
पञ्जाब प्रहरीका आईजीपी उस्मान अनवरले पनि आफ्नो जिम्मेबारी पालन नगर्ने सुरक्षाकर्मीमाथि कडा कारवाही गरिने जनाएका छन् । ‘देशको प्रतिष्ठासँग जोडिएको यति ठुलो प्रतियोगितामा कसैले हेलचेक्राई गर्छ भने त्यसले सजायको भागिदान पनि बन्नै पर्छ,’ अनवरले भनेका छन् ।
सुरक्षाकर्मीले च्याम्पियन्स ट्रफीमा खट्न किन अस्वीकार गरे भन्ने विषयमा केही खुलाइएको छैन । एक अपुष्ट समाचार अनुसार, च्याम्पियन्स ट्रफीका क्रममा निरन्तर रुपमा क्षमताभन्दा बढी काम गर्नु परेकाले उनीहरुले यस्तो अप्रिय निर्णय लिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026