अक्षर पटेल भन्छन्, ‘कप्तान रोहित शर्माले आफ्नो वाचा अझै पुरा गरेका छैनन्’
काठमाडौँ । भारतीय क्रिकेट टोलीका बलर अक्षर पटेलले कप्तान रोहित शर्माले आफूसँग गरेको एउटा वाचा अझै पुरा नगरेको रहस्य खोलेका छन् । अक्षरले ठट्यौली पारामा कप्तान रोहितले आफ्नो वचन भुलेको प्रतिक्रिया दिएका हुन् ।
खासमा, जारी च्याम्पियन्स ट्रफीअन्तर्गत भारत र बंगलादेशबिचको खेलमा रोहितले अक्षरसँग उक्त वाचा गरेका थिए । त्यो खेलमा कप्तान रोहितकै कारण अक्षर पटेल ह्याट्रिक विकेट लिनबाट चुकेका थिए ।
खेलको नवौँ ओभरमा अक्षर ह्याट्रिक विकेट लिनबाट चुकेका थिए । उनले आठौँ ओभरको दोस्रो बलमा बंगलादेशी ब्याट्सम्यान तान्जिद हसन र तेस्रो बलमा मुसफिकर रहिमको विकेट लिएका थिए । चौथो बलमा रोहितले क्याच छाडेपछि उनी जाकिर अलीको विकेट लिनबाट चुकेका थिए ।
अक्षरले फालेको बल जाकिर अलीको ब्याटको छेउमा ठोक्किएर स्लिपतर्फ गएको थियो । त्यतिबेला स्लिपमा कप्तान रोहित फिल्डिङ गर्दै थिए । बल हावामै भए पनि कप्तान रोहितले सजिलो क्याच छाडेका थिए ।
सोही कारणले अक्षर ह्याट्रिकबाट चुकेका थिए । त्यसपछि अक्षरलाई सान्त्वना दिँदै रोहितले छिट्टै उनलाई डिनरमा लैजाने वाचा गरेका थिए । तर, रोहितले आफूलाई हालसम्म डिनरमा नलगेको अक्षरले ठट्यौली पारामा बताए ।
भारतले आफ्नो दोस्रो खेलमा पाकिस्तानलाई हराएपछि सञ्चारकर्मीले अक्षरलाई सोधेका थिए, ‘के रोहित शर्माले आफ्नो वचन पुरा गरे ?’ त्यसको जवाफमा अक्षरले भनेका थिए, ‘अझै पुरा गरेका छैनन् ।’ अक्षरले छिट्टै रोहितले आफ्नो वाचा पुरा गर्ने विश्वास पनि व्यक्त गरे ।
जारी च्याम्पियन्स ट्रफीको दुई खेलमा अक्षरले तीन विकेट लिइसकेका छन् । भारतीय टोली च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा पनि पुगिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण