माओवादी घाटामा, चन्दा सहयोग शून्य
काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ मा नेकपा माओवादी केन्द्र नोक्सानमा गएको छ । तत्कालीन अवस्थामा सत्ताको नेतृत्व गरेको दलको आम्दानी भन्दा खर्च उच्च देखिएको हो ।
माओवादी केन्द्रको गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन अनुसार यो अवधिमा उक्त पार्टीको कुल आम्दानी १ करोड ८३ लाख ३९ हजार रुपैयाँ रहँदा खर्च २ करोड २० लाख ७९ हजार रुपैयाँभन्दा बढी देखिएको हो ।
माओवादीले समीक्षा अवधिमा सदस्यता शुल्कबापत १ करोड ८३ लाख रुपैयाँ संकलन गरेको देखिएको छ । यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा करिब आधा हो । अघिल्लो वर्ष पार्टीले ३ करोड ४३ लाख ८५ हजार रुपैयाँ सदस्यता शुल्क संकलन गरेको थियो ।
सदस्यता शुल्क बाहेक यो अवधिमा माओवादी केन्द्रले चन्दा सहयोग प्रकाशन बिक्री, सम्पत्ति बिक्री तथा बैंक ब्याजबापत ३ लाख ३० हजार रुपैयाँ प्राप्त गरेको छ । यही शीर्षकमा गत वर्ष ४ लाख ४९ हजार रुपैयाँ प्राप्त गरेको थियो । माओवादी केन्द्रले यो वर्ष चन्दाबापत कुनै पनि सहयोग प्राप्त गरेन । अघिल्लो वर्ष यसबापत १० हजार रुपैयाँ प्राप्त गरेको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ ।
समीक्षा वर्षमा विधान अधिवेशन गरेको माओवादीले उक्त अधिवेशनका लागि १८ लाख ६५ हजार रुपैयाँ खर्च गरेको छ । अघिल्लो वर्ष यो शीर्षकमा खर्च भएको थिएन । यद्यपि अघिल्लो वर्ष माओवादीले निर्वाचनमा २ करोड ६० लाख ६६ हजार रुपैयाँ खर्च गरेको जनाएको छ ।
त्यस्तै, आव २०८०/८१ प्रशिक्षण तथा कार्यक्रम खर्च बापत २० लाख ५२ हजार रुपैयाँ खर्च गरिएको छ । अघिल्लो वर्ष यो शीर्षकमा १३ लाख ६० हजार रुपैयाँ खर्च भएको थियो । कार्यालय सञ्चालन खर्चबापत यो वर्ष माओवादीले १ करोड ३० लाख ३३ हजार रुपैयाँ खर्च गरेको छ । अघिल्लो वर्ष ९० लाख १५ हजार रुपैयाँ खर्च भएको थियो ।
यो वर्ष माओवादीले सामाजिक विकास शीर्षकमा ५० लाख रुपैयाँ खर्च गरेको छ । यो शीर्षकमा अघिल्लो वर्ष कुनै पनि खर्च भएको थिएन । त्यस्तै, अघिल्लो वर्ष ११ लाख रुपैयाँ बराबरको कार्यालय उपकरण खरिद गरेको समितिले यो वर्ष १ लाख २९ हजार रुपैयाँ मात्रै खर्च गरेको छ ।
गत असार मसान्तमा माओवादी केन्द्रको नाममा रहेको बैंक खातामा १४ लाख ७६ हजार रुपैयाँ नगद मौज्दात रहेको देखिएको छ । आर्थिक वर्षको सुरुमा यो रकम १६ लाख ९६ हजार रुपैयाँ रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण