अमेरिकामा ट्रम्पसँग कुन प्रश्नको स्पष्ट उत्तर चाहन्छन् जेलेन्स्की ?
किभ । युक्रेनले छिटै अमेरिकासँग दूर्लभ खनिज सम्झौता गर्न लागेको खबरहरू आइरहेको छ । यसैबिच बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौतामा हस्ताक्षर गर्न शुक्रबार युक्रेनी समकक्षी भोलोडिमिर जेलेन्स्की अमेरिका आउने बताएका थिए । यसै सन्दर्भमा जेलेन्स्कीले अमेरिकासँगको प्रारम्भिक खनिज सम्झौताले भविष्यको साझेदारीको लागि मार्ग प्रशस्त गर्ने आशा व्यक्त गरेका छन् ।
तर, सम्झौताको बदलामा अहिलेसम्म युक्रेनलाई अमेरिकाले कुनै सुरक्षा ग्यारेन्टी नदिएको पनि उनले बताए । जेलेन्स्कीले भने, ‘यदि म शुक्रबार अमेरिका गएँ भने, म सिधै अमेरिकी राष्ट्रपति कार्यालय, ह्वाइट हाउसलाई अमेरिकाले युक्रेनलाई आफ्नो समर्थन जारी राख्छ कि राख्दैन ? भनेर सोध्नेछु ।’
अमेरिकाले उनले चाहेको सुरक्षा ग्यारेन्टी प्रदान गरेन भने के उनी सम्झा्रैताबाट बाहिर निस्कन्छन् त भनेर बीबीसीले जेलेन्स्कीलाई सोधेको थियो । ‘म युक्रेनको लागि नेटो सदस्यता वा सुरक्षाको अन्य कुनै समान माध्यम चाहन्छु,’ जेलेन्स्कीले पत्रकार सम्मेलनमा यस प्रश्नको जवाफ दिँदै भनेका थिए ।
युक्रेन र अमेरिका खनिज सम्झौताका सर्तहरूमा सहमत भएको यसअघि युक्रेनको राजधानी किभका एक वरिष्ठ अधिकारीले बीबीसीलाई बताएका थिए । युक्रेनले यस सम्झौताका सर्तहरूमा सहमति जनाएपछि ट्रम्पले जेलेन्स्की शुक्रबार अमेरिका आएर दुई देशबिचको खनिज सम्झौतामा हस्ताक्षर गर्न सक्ने आशा व्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण