हमासले गाजामा रेडक्रसलाई सुम्पियो चार इजरायली बन्धकको शव
काठमाडौं । हमासले चार इजरायली बन्धकको शव रेडक्रसको जिम्मा लगाएको छ । एक इजरायली अधिकारीको हवाला दिँदै बीबीसीले यसबारे उल्लेख गरेको छ ।
ती अधिकारीका अनुसार इजरायलले वेस्ट बैंकस्थित ओफर जेलबाट ६०० बढी प्यालेस्टाइनी कैदीलाई रिहा गर्न सुरु गरेको छ । यसलाई युद्धविराम सम्झौता अन्तर्गत पहिलो चरणको अन्तिम आदान–प्रदान भनिएको छ । जुन शनिबार समाप्त हुँदैछ ।
हमासले जिम्मा लगाएका चार शवको पहिचान पुष्टि गरिएको छैन । यद्यपि, हमासले ८६ वर्षीय श्लोमो मन्सूर, ५० वर्षीय ओहद लाहलोमी, त्साची इदान र ६९ वर्षीय इत्जिक एल्गारट रहेको जिकिर गरेको छ ।
यी सबैलाई २०२३ अक्टुवर ७ को आक्रमण दौरान हमासले राखेको थियो । इजरायलले बन्धक हस्तान्तरण अपमानजनक भन्दै विरोध गरेर कैदी रिहाइमा ढिलाई गरेको बताइँदै छ ।
हमास वुधबार मात्रै विना कुनै समारोह शव हस्तान्तरणमा सहमत भएसँगै ६०० कैदी बन्दी रिहाइको बाटो खुलेको इजरायली अधिकारीले बताएका छन् । गाजा सीमामा परिवारसहित चार शवको पहिचान संवेदनशील ढंगले चाँडो गरिने अधिकारीहरुको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण