ट्रम्पको पहिलो क्याबिनेट बैठक, जेलेन्स्कीलाई झट्का
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको नीतिबाट चीन वा अमेरिका विरोधी देशहरू मात्र चिन्तित छैनन् । अमेरिकालाई फेरि महान् बनाउने अभियान चलाइरहेका ट्रम्पको नीतिबाट अमेरिकाका नजिकका साथीहरू पनि असन्तुष्ट छन् । यो कुरा राष्ट्रपतिकै पहिलो मन्त्रिपरिषद् बैठकमा स्पष्ट देखियो ।
बैठकमा ट्रम्पका निकटस्थ खर्बपति व्यापारी एलन मस्क पनि उपस्थित थिए । यस भेटमा ट्रम्प र मस्क दुवैले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई ४४० भोल्टको झट्का दिए । नेटोमा सामेल हुने सपना युक्रेनले त्याग्नु पर्ने ट्रम्पले स्पष्ट पारेका छन् ।
बैठकपछि ट्रम्पले युरोपेली देशहरूलाई लक्षित गर्दै युरोपेली संघ (ईयू) अमेरिकालाई समस्यामा पार्न गठन गरिएको सम्म भन्न भ्याए । दशकौं अघि वासिङ्टनको प्रोत्साहनमा ईयूको गठन भएको थियो । इमानदारीपूर्वक भन्नुपर्दा, ईयू अमेरिकालाई समस्यामा पार्नको लागि गठन गरिएको ट्रम्पको भनाइ थियो । नेटोमा सामेल हुने युक्रेनको आकांक्षालाई ट्रम्पले ठाडै अस्वीकार गरेका छन् । यही मुद्दाले तीन वर्ष लामो युद्ध निम्त्याएको उनको भनाइ थियो ।
यसो भनिरहँदा ट्रम्पले एक तवरले रुसको अडानलाई दोर्होयाए । नेटोको सदस्यताकै कारण युक्रेन युद्ध शुरु भएको पनि उनले बताए । युक्रेनमा शान्ति वार्तामा आफूले सुरक्षाको ग्यारेन्टी भन्दा बढी अरु केही नगर्ने र यो निर्णय आफूले यूरोपलाई गर्न दिने पनि उनले भने । जेलेन्स्की शुक्रबार अमेरिका जाँदैछन् । यस क्रममा उनले अमेरिकालाई युक्रेनमा भएको दूर्लभ खनिज र धातु दिने सम्झौतामा हस्ताक्षर गर्ने आशा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण