स्याङ्जामा मगर दिवस मनाइँदै
वालिङ । त्रिचालीसौँ राष्ट्रिय मगर एकता दिवसका अवसरमा यहाँका आठ स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् । एघार पालिका रहेको जिल्लाका आठ पालिकाले आज सार्वजनिक बिदा दिएका हुन् ।
जिल्लाका पाँच नगरपालिका र तीन गाउँपालिकाले बिदा दिएका हुन् । वालिङ, पुतलीबजार, गल्याङ, चापाकोट, भीरकोट नगरपालिका तथा कालीगण्डकी, बिरुवा र हरिनास गाउँपालिकाले सूचना प्रकाशित गरी सार्वजनिक बिदा दिएका हुन् ।
मगर समुदायको बाहुल्यता रहेका ती स्थानीय तहले छुट्टाछुट्टै सूचना प्रकाशित गरी सार्वजनिक बिदा दिएका हुन् । चाडपर्व तथा मगर भाषा कला संस्कृति संरक्षणका लागि स्थानीय तहहरूले आफू मातहतका वडा कार्यालय, विद्यालय, सङ्घ संस्था, स्वास्थ्य संस्थामा सार्वजनिक बिदा दिइएको जनाएका छन् ।
जिल्लाका विभिन्न स्थानीय तहहरूमा रहेका मगर सङ्घ संस्थाले राष्ट्रिय मगर एकता दिवसमा औपचारिक तथा अनौपचारिक कार्यक्रम गरी मनाउँदै आएका छन् । सार्वजनिक बिदा दिएका पालिकामा मगर समुदायको बसोबास धेरै रहेको छ । मगर समुदायको बसोबास धेरै भएका स्थानीय तहहरूले सरकारी कामकाजको भाषाको रुपमा समेत मगर भाषाको प्रयोग गर्ने क्रम अगाडि बढेको छ ।
राष्ट्रिय मगर एकता दिवसका अवसरमा बिहीबार मगर सङ्घ संस्थाले मगर वेशभूषा, कला संस्कृति, झाँकीको प्रदर्शनीलगायतका मैत्रीपूर्ण खेलकुद प्रतियोगिता सञ्चालन गर्दै आइरहेका छन् । विसं २०३९ साल फागुन १५ गतेलाई पहिलो स्थापना दिवस मानेर त्यसैको आधारमा यसपटक ४३ औँ मगर राष्ट्रिय एकता दिवसको रुपमा मनाउन लागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण