ट्रम्पको पहिलो क्याबिनेट बैठकमा मस्कले भने- मलाई ज्यान मार्ने धम्की आइरहेको छ
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो मन्त्रिपरिषद् बैठकमा खर्बपति व्यापारी एलन मस्क पनि सहभागी भएका थिए । मस्क ट्रम्पको सरकारी दक्षता विभाग (डज)का प्रमुख हुन् । सङ्घीय सरकारको खर्च र कर्मचारी छाँट्ने नीतिका कारण अमेरिकामा मस्कको निकै विरोध भइरहेको छ । मन्त्रिपरिषद् बैठकको क्रममा ट्रम्पले मस्कलाई उनका योजनाहरू बताउन आग्रह गरेका थिए । यस क्रममा मस्कले ‘मलाई निरन्तर ज्यान मार्ने धम्की आइरहेको छ’ भनेर भनेका थिए ।
कस्तो खालको धम्की आएको र आफूलाई कसले धम्की दिइरहेको भनेर चाहिँ उनले खुलाएनन् । यही क्रममा मस्कले ठट्टा गर्दै आफूलाई सरकारको प्राविधिक सहयोगी भनेका थिए । कयौँ सरकारी प्रणालीहरू निकै पुरानो भएको र त्यसमा सुधार भइरहेको पनि उनले बताए । ‘हाम्रो मुख्य लक्ष्य अमेरिकाको बढ्दो घाटा कम गर्नु हो । यदि हामीले अहिले नै कदम चालेनौँ भने देश टाट पल्टिन सक्छ’ उनले भने । मस्कले देशले २० खर्ब डलर घाटा अरू सहन नसक्ने उनको भनाइ थियो ।
डजको गल्तीमाथि यसो भन्छन् मस्क
डजले पनि गल्ती गर्न सक्ने मस्कले स्वीकारे । तर यी गल्तीहरू चाँडै सच्याइने उनको भनाइ थियो । यस क्रममा इबोला रोकथाम कार्यक्रम गल्तीले रोकिएको तर तुरुन्तै पुनर्स्थापित गरिएको उनले बताए । आफूहरूको लक्ष्य २०२६ सम्ममा सरकारी घाटा १० ट्रिलियन डलरले घटाउनुभएको र यसका लागि दिन ४ अर्ब डलर बचाउनुपर्ने अनि यो आफूहरूले गर्न सक्ने र गर्ने पनि उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरी असई हुँ भन्दै ठगी गर्ने महिला काठमाडौँबाट पक्राउ
-
जबरजस्ती करणी गरेको अभियोगमा धनगढीबाट एक जना पक्राउ
-
दिनभर विराटनगरको अनुगमन सकेर धरान लागे गृहमन्त्री गुरुङ
-
सशस्त्र प्रहरीका ७१ जना डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)
-
चेतना पौडेलको गिरफ्तारी प्राकृतिक चिकित्सामाथिको प्रहार भएको संघको दाबी
-
यूएस ओपन मार्सल आर्ट्स च्याम्पियनसिपमा सुमनलाई कांस्य पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण