विदेशी नागरिकलाई ‘गोल्ड कार्ड’ बेचेको पैसा के गर्लान् ट्रम्प ?
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै मात्रै विदेशी धनाढ्यहरूलाई ‘गोल्ड कार्ड’ बेच्ने घोषणा गरेका थिए । ट्रम्प प्रशासनले केही हप्ताभित्रै यो कार्यक्रम सुरु गर्ने भएको छ ।
यसैबीच ट्रम्पले आफ्नो दोस्रो कार्यकालको पहिलो मन्त्रिपरिषद् बैठकमा गोल्ड कार्ड भिसा बेच्न सुरु गर्नेबारे पनि कुरा गरेका थिए । ट्रम्पको यो कदम अमेरिकाको ऋणको भारी चुक्ता गर्ने दिशामा ठुलो कदम साबित हुन सक्छ ।
बैठकमा ट्रम्पले संघीय सरकारले पाउने नयाँ राजस्व देशको ऋण तिर्न प्रयोग गर्न सकिने बताए । ट्रम्पले बुधबार मात्रै गोल्ड कार्ड भिसा बेच्न सुरु गर्ने भनेका थिए । ५० लाख डलर तिर्नेलाई प्रशासनले यो भिसा दिनेछ ।
यो विदेशीका लागि अमेरिकामा ५० लाख डलर लगानी गरेर त्यहीको नागरिकता पाउने नयाँ तरिका हुनेछ । यसले ३५ वर्ष पहिले ल्याइएको ईबी–५ भिसा कार्यक्रमलाई प्रतिस्थापन गर्नेछ । यसमा १० जनालाई रोजगारी दिने कम्पनीमा कम्तीमा आठ लाख डलर लगानी गर्ने लगानीकर्तालाई अमेरिकी भिसा दिँदै आइएको छ ।
आफ्नो प्रशासनले १० लाख वटा गोल्ड कार्ड बेच्न सक्यो भने यसबाट ५० खर्ब डलर अतिरिक्त राजस्व सृजना हुने र यो देशको ऋण कम गर्न प्रयोग गर्न सकिने ट्रम्पले बताए । यसले कम्पनीहरूलाई नयाँ कर्मचारीहरूको लागि भिसा प्राप्त गर्न सक्षम बनाउने र यो पहलले आर्थिक वृद्धिलाई बढवा दिनेमा समेत उनले जोड दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण