पाथीभरा केबलकार विवाद : गृहमन्त्रीले कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदसँग छलफल गर्दै
काठमाडौँ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार बनाउने विषयमा भएको विवादका कारण पूर्वी नेपाल अशान्त छ । फुङलिङ नगरपालिका–११ मा केबलकार निर्माणको विरोधमा उत्रिएको ‘नो केबलकार समूह’माथि प्रहरीले माघ १२ मा गोली चलाएको थियो । गोली लागेर यमबहादुर लिम्बु र सगुन लावती घाइते भएका थिए ।
गत फागुन १० गते पनि आन्दोलनकारी र सुरक्षाकर्मीबिच झडप भयो । झडपका क्रममा एक दर्जनभन्दा बढी घाइते भएका थिए । यसमध्ये धरान बस्ने एके दर्नाल र लेलेप बस्ने केसिङ कुमार लिम्बु गम्भीर घाइते भएका थिए ।
घटनापछि सरकारले आन्दोलनरत पक्षलाई पुनः वार्तामा आउन आह्वान गरेको थियो । तर, आन्दोलनरत पक्ष वार्तामा आएका छैनन् । पाथीभरा (मुम्कुमलुङ)मा आन्दोलन गरिरहेका समूहले गृह मन्त्रालयका सहसचिव प्रेम प्रसाद भट्टराई नेतृत्वको वार्ता समितिसँग वार्ता नगर्ने अडान लिएका छन् ।
पाथीभरा क्षेत्रमा भएको समस्याबारे छलफल गर्न बिहीबार गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने सांसदहरूलाई बोलाएका छन् । सिंहदरबारमा मन्त्री लेखक र गृह सचिव गोकर्णमणि दुवाडीले छलफल गर्न लागेका हुन् ।
दिउँसो १ बजे कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने संघीय सांसदहरूसँग गृहमन्त्रीले छलफल गर्न लागेको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) रामचन्द्र तिवारीले बताए । तिवारीले रातोपाटीसँग भने, ‘मन्त्रीज्यूले आज संघीय सांसदहरूसँग छलफल गर्दै हुनुहुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण