पाथीभरा केबलकार विवाद : गृहमन्त्रीले कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदसँग छलफल गर्दै

काठमाडौँ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार बनाउने विषयमा भएको विवादका कारण पूर्वी नेपाल अशान्त छ । फुङलिङ नगरपालिका–११ मा केबलकार निर्माणको विरोधमा उत्रिएको ‘नो केबलकार समूह’माथि प्रहरीले माघ १२ मा गोली चलाएको थियो । गोली लागेर यमबहादुर लिम्बु र सगुन लावती घाइते भएका थिए ।
गत फागुन १० गते पनि आन्दोलनकारी र सुरक्षाकर्मीबिच झडप भयो । झडपका क्रममा एक दर्जनभन्दा बढी घाइते भएका थिए । यसमध्ये धरान बस्ने एके दर्नाल र लेलेप बस्ने केसिङ कुमार लिम्बु गम्भीर घाइते भएका थिए ।
घटनापछि सरकारले आन्दोलनरत पक्षलाई पुनः वार्तामा आउन आह्वान गरेको थियो । तर, आन्दोलनरत पक्ष वार्तामा आएका छैनन् । पाथीभरा (मुम्कुमलुङ)मा आन्दोलन गरिरहेका समूहले गृह मन्त्रालयका सहसचिव प्रेम प्रसाद भट्टराई नेतृत्वको वार्ता समितिसँग वार्ता नगर्ने अडान लिएका छन् ।
पाथीभरा क्षेत्रमा भएको समस्याबारे छलफल गर्न बिहीबार गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने सांसदहरूलाई बोलाएका छन् । सिंहदरबारमा मन्त्री लेखक र गृह सचिव गोकर्णमणि दुवाडीले छलफल गर्न लागेका हुन् ।
दिउँसो १ बजे कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने संघीय सांसदहरूसँग गृहमन्त्रीले छलफल गर्न लागेको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) रामचन्द्र तिवारीले बताए । तिवारीले रातोपाटीसँग भने, ‘मन्त्रीज्यूले आज संघीय सांसदहरूसँग छलफल गर्दै हुनुहुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीवन–अनुभव र कलादृष्टि
-
पहलगाम हमलाबारे बयान दिँदा कानुनी झमेलामा फसे विजय देवरकोन्डा
-
बितेको वर्ष प्रेस स्वतन्त्रता हननका ७६ घटना
-
'हाउस अरेस्ट' विवाद : अश्लील सामग्री प्रशारणको आरोपमा बिग बोस विजेता एजाजविरुद्ध मुद्दा दायर
-
हेटौँडामा रोकिराखेको गाडी जमिनमुनि भासिएर बेपत्ता, अझै भेटिएन
-
वर्तमान शासन व्यवस्था टिकाउन सरकार लागिपरेको छ : उपप्रधानमन्त्री सिंह