बीवाईडी हाई–टेक विकमा पुगे चिनियाँ राजदूत
काठमाडौँ । चिनियाँ राजदूत चेन सङले बीवाईडी हाई–टेक विक २०२५ को अवलोकन गरेका छन् । बीवाईडी अटो ईन्डस्ट्रीको नेपालका आधिकारिक वितरक साइमेक्स इंक प्रा. ली ले बिहीबारदेखि बीवाईडी हाई–टेक विक २०२५ को सुरु गरेको हो ।
राजदूत सङ प्रदर्शनीस्थलमा पुगेर हाई–टेक विकबारे जानकारी लिनुका साथै प्रदर्शनीमा राखेका गाडीको टेस्ट ड्राइभ पनि गरेका थिए । इभेन्टको प्रमुख आकर्षणको रुपमा बीवाईडीका अत्याधुनिक सवारी साधन याङवाङ यु८, एफसीबी बाओ ५, डेन्जा जेड९जीटी, डेन्जा डी९, र बीवाईडी शार्क ६ सार्वजनिक गरिएको छ ।

यसअघि, नेपालमा चिनियाँ दूतावासका कमर्सियल काउन्सिलर, बीवाईडी एसिया प्यासिफिक अटो सेल्स डिभिजनका भाइस् जनरल म्यानेजर केत्सु झाङ, साइमेक्स इंक प्रालिका चेयरम्यान अनिल श्रेष्ठ, साइमेक्स इंक प्रालिकी म्यानेजिङ डाइरेक्टर यमुना श्रेष्ठ लगायत सञ्चारकर्मी र अन्य प्रतिनिधिहरुको उपस्थितिमा सो इभेन्टको शुभारम्भ गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण