समाचार
तीन विभागका महानिर्देशकको सरुवा, को कहाँ पुगे ?
बिहीबार, १५ फागुन २०८१, २२ : ००
काठमाडौँ । संघीय सरकार अन्तर्गतका तीन विभागका महानिर्देशकको सरुवा भएको छ । सहकारी विभाग, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र पशु सेवा विभागका महानिर्देशक सरुवा भएका हुन् ।
सहकारी विभागका महानिर्देशक पीताम्बर घिमिरे संघीय मामिला मन्त्रालयमा सरुवा भएका छन् । त्यस्तै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेललाई पनि सोही मन्त्रालयको अतिरिक्त समूहमा सरुवा भएका छन् ।
उता पशु सेवा विभागका महानिर्देशक उमेश दाहाललाई मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिवको रुपमा पठाइएको छ । सरुवासँगै रिक्त भएका महानिर्देशककको ठाउँमा कसलाई पठाउने निर्णय भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण