समाचार
तीन विभागका महानिर्देशकको सरुवा, को कहाँ पुगे ?
बिहीबार, १५ फागुन २०८१, २२ : ००

काठमाडौँ । संघीय सरकार अन्तर्गतका तीन विभागका महानिर्देशकको सरुवा भएको छ । सहकारी विभाग, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र पशु सेवा विभागका महानिर्देशक सरुवा भएका हुन् ।
सहकारी विभागका महानिर्देशक पीताम्बर घिमिरे संघीय मामिला मन्त्रालयमा सरुवा भएका छन् । त्यस्तै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेललाई पनि सोही मन्त्रालयको अतिरिक्त समूहमा सरुवा भएका छन् ।
उता पशु सेवा विभागका महानिर्देशक उमेश दाहाललाई मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिवको रुपमा पठाइएको छ । सरुवासँगै रिक्त भएका महानिर्देशककको ठाउँमा कसलाई पठाउने निर्णय भएको छैन ।