तिलाठी जनतासामु प्रचण्डका तीन प्रतिबद्धता
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसमा देखिएको सिँचाई समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् । जनतासँग माओवादी तराई–मधेस जागरण अभियान अन्तर्गत शुक्रबार सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ तोपा पुगेका प्रचण्डले पार्टी नेतृत्व टिमलाई साक्षी राखेर प्रतिबद्धता जनाएका हुन् ।
आफू नेतृत्वको सरकारले मलखादको समस्या आउन नदिएका दाबी गर्दै उनले कांग्रेस–एमाले गठबन्धन सरकारले विचौलीयासँग सेटिङ गरेर किसानलाई मर्कामा पारेको आरोप लगाए ।
‘मेरो नेतृत्वको सरकारले मलखादको समस्या हुन दिएको थिएन । अहिलेको सरकारले विचौलीयासँग सेटिङ गरेर किसानलाई मर्कामा पार्ने र त्यसबापत कमिसन खाने गरेको कारण मलखादको समस्या देखियो । यहाँ सिँचाइको समस्या छ । विद्युतीकरणको अभावमा सिँचाई हुन सकेको छैन । विद्युत् प्राधिकरण र ऊर्जा मन्त्रालयसँग कुरा गरेर तपाईंको समस्या समाधान गर्न हामी सहयोग गर्छौँ’, प्रतिबद्धता जनाउँदै उनले भने ।
साथै उनले कृषि उत्पादन वृद्धि, यसको बजारीकरणको समस्या हुँदा किसानले उचित मूल्य नपाउने र विचौलियाले बढी फाइदा लिने गरेकोप्रति आफ्नो ध्यान गरेको स्पष्ट पारे । उनले बिस्तारै कृषि बिमा गरेर किसानलाई लाभान्वित गराउनेतिर पनि बहस गर्दै जाने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु
-
१० बजे १० समाचार : अभिषेकले चलाएको यमराजको शासन, रास्वपा पदाधिकारीमा क–कसको चर्चा ?
-
खेलको सातौँ मिनेटमै इंग्ल्याण्डविरुद्ध कङ्गोको गोल
-
विश्वकप : इंग्ल्याण्ड र कङ्गोबिचको खेल सुरु
-
पेट्रोलियम पदार्थको बिक्री सामान्य अवस्थामा फर्कियो, १४ पेट्रोल पम्पको ताला खोलियो
-
पूर्व गोर्खा मेजर खत्रीलाई राजा चार्ल्स तृतीयद्वारा एमबीई पदक प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण