माओवादी र मधेसी जनताबिचको सम्बन्धलाई कमजोर पार्न धेरै जालझेल भए : प्रचण्ड
काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसी जनता र माओवादीबिचको सम्बन्ध कमजोर हुँदा मधेस कमजोर भएको जिकिर गरेका छन् । तराई मधेस जागरण अभियान अन्तर्गत शुक्रबार सप्तरीको तिलाठीको जनतासँग भेटघाट कार्यक्रममा बोल्दै उनले अब मधेसी जनताको पहिचान र समृद्धिमा ध्यान केन्द्रित गर्न माओवादीले जागरण अभियान थालेको स्पष्ट पारे ।
‘मधेसी जनता र माओवादीबिच असाध्यै राम्रो सम्बन्ध थियो २०६४ मा । मधेसीको आत्मसम्मान र पहिचान माओवादी लडाइँबाटै भएको हो । सङ्घीयता, गणतन्त्र, समावेशी लोकतन्त्र माओवादीकै कारण प्राप्त भएको हो । तर पछि धेरै षड्यन्त्र भए ।
माओवादी र मधेसी जनताबिचको त्यति राम्रो सम्बन्धलाई कमजोर पार्न धेरै जालझेल भए’, उनले भने, ‘माओवादी कमजोर हुँदा मधेसी जनता पनि कमजोर हुने, मधेसको विकास निर्माण र समृद्धि पनि कमजोर हुने, आत्मसम्मान र पहिचान पनि कमजोर हुँदै गयो । अब माओवादी र मधेसी जनताको एकता बलियो बनाउनुपर्यो । यो देशमा भ्रष्टाचारीलाई निर्मूल पार्नुपर्यो । सुशासन कायम गर्नुपर्यो, मधेसको विकास निर्माण र समृद्धिमा ध्यान केन्द्रित गर्नुपर्यो भनेर म लगायत पार्टीको सिङ्गो नेतृत्व टिम अहिले तराई मधेस अभियानमा आएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण