बेलायतबाट बन्यो प्रधानन्यायाधीशको ‘नक्कली भेरिफाइड’ एक्स अकाउन्ट
काठमाडौँ । प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतको नामको एक्स (पहिलेको ट्विटर) अकाउन्ट दुरुपयोग भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । मिस्टर प्रकाश नेपाल नामको अकाउन्ट ‘नक्कली’ तर ‘भेरिफाइड’ रहेको साइबर ब्युरोको अनुसन्धानबाट थाहा भएको छ । ब्युरोको आग्रहमा फेसबुक मुख्य कार्यालयले सो अकाउन्ट निष्क्रिय पारेको छ ।
फागुन १ गते राति ११ बजेर ३७ मिनेटमा ट्विट गर्दै सो अकाउन्टले आफू सर्वोच्चको आधिकारीक ह्यान्डल भएको दाबी गरेको थियो । अनुसन्धान गर्दा एक्स ह्यान्डल बेलायतबाट चलाएको भेटिएको छ । बेलायत र नेपालको बिचमा पारस्परिक कानुनी सहायता सम्बन्धी द्धिपक्षिय सन्धि (एमएलए) नहुँदा आरोपीलाई सहज रूपमा नेपाल ल्याउने अवस्था नभएको प्रहरी अधिकृतहरू बताउँछन् ।
पारस्परिक कानुनी सहायता ऐन–२०७० अनुसार दुई देशको बिचमा द्धिपक्षिय सन्धि हुनुपर्छ । प्रधान न्यायाधीशको नक्कली भेरिफाइड एकाउन्टमा क्रिप्टो करेन्सीको विज्ञापन प्रसारण भएको थियो । अकाउन्टमा ‘ ४नेपाल’ नामक टोकनलाई नेपालको नेशन क्वाइनको रूपमा अनुमोदन गरेको झुटो प्रचार गरेको थियो ।
विज्ञापन प्रकाशनपछि ११ फागुनमा सर्वोच्चका उपरजिस्टार नवीन कुमार यादवले विज्ञप्ति जारी गरेर सर्वसाधारणलाई नक्कली अकाउन्टबाट भ्रम फैलाएको जानकारी गराएका थिए ।
केन्द्रीय अनुसन्धान ब्युरोका एआईजी दीपक थापाले त्यसबारे अनुसन्धान भइरहेको बताए । उनले भने, ‘फेक आइडी बनाउने र प्रचार गर्नेबारे साइबर ब्युरोले अनुसन्धान गरिरहेको छ ।’
प्रहरीले बेलायतबाट आरोपीलाई ल्याउने प्रयास गरिरहेको छ । दुई देशको बिचमा द्धिपक्षिय सन्धि नभएको कारण इन्टरपोलको सहयोगमा आरोपीलाई ल्याउनुपर्ने अवस्था रहेको साइबर ब्युरोका एकजना अधिकृतले रातोपाटीलाई बताए । ति अधिकृत भन्छन्, ‘अदालतको आदेश लिएपछि इन्टरपोलमा पत्राचार गर्नेबारे छलफल भइरहेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबिच सहकार्य
-
युक्रेन–रुसबिच फेरि आक्रमण
-
कृषिमा लगानी गर्दैमा स्वतः ‘ग्रीन’ हुँदैन, नीतिगत स्पष्टता आवश्यक : कार्यकारी निर्देशक पौडेल
-
बजेटमा उद्योग वाणिज्य महासङ्घको असन्तुष्टि : ‘करको भार घटेन, नीतिगत अस्थिरताको त्रास
-
मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छ : डा. सीके राउत
-
एआईको बढ्दो प्रयोगले विश्वव्यापी रूपमा ऊर्जा र पानीको चरम सङ्कट निम्त्याउन सक्छ : उपाध्यक्ष पाण्डे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण