चीनको सिचवान प्रान्तीय सरकारद्वारा ६० नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने निर्णय
काठमाडौँ । चीनको सिचवान प्रान्तीय सरकारले ६० जना नेपाली विद्यार्थीलाई प्रत्येक तीन वर्षमा छात्रवृत्ति दिने निर्णय गरेको छ । चीन भ्रमणमा रहेको कांग्रेस प्रतिनिधिमण्डल र सिचवान प्रान्तीय सरकारका मन्त्री र नेताहरूको छलफलपछि सिचवान सरकारले छात्रवृत्ति दिने घोषणा गरेको हो ।
छलफलमा नेतृ कोइरालाले नेपाली विद्यार्थीका लागि छात्रवृत्ति तथा चीनबाट लुम्बिनी र लुम्बिनीबाट पोखरा सिधा उडान सुरु गर्न आग्रह गरेकी थिइन् । उनले आफूले राखेको एउटा प्रस्ताव तुरुन्त सम्बोधन भएको र अर्को प्रस्ताव पनि चाँडै सम्बोधन हुने विश्वास समेत व्यक्त गरेकी छन् ।
चिनियाँ कूटनीतिज्ञ सरलाले कोइरालाको भ्रमणलाई आफूहरूले महत्त्वपूर्ण रूपमा लिएको र छात्रवृत्तिको विषय भ्रमणको महत्त्वपूर्ण उपलब्धि भएको प्रतिक्रिया दिएकी छन् । सरलाले चिनियाँ कम्युनिस्ट पार्टीले नेपालका सबै राजनीतिक दलहरूसँग समानस्तरको सम्बन्ध राख्न चाहेको धारणा समेत राखिन् ।
चीनले विचारको विभाजन रेखा राखेर दृष्टिकोण नबनाउने स्पष्ट पार्दै उनले यो भ्रमण कांग्रेससँगको सम्बन्ध अझै बलियो बनाउने उद्देश्यबाट अभिप्रेरित भएको समेत बताइन् । भ्रमण टोलीलाई सिचवानको प्रसिद्ध पर्यटकीय क्षेत्र कुवानझाईको अवलोकन समेत गराइएको थियो ।
बिहीबार चान्सी च्योङ समाजवादी नमुना गाउँको समेत अवलोकन भ्रमण गराइएको थियो । सो गाउँलाई चिनियाँ समाजवादी विकासको नमुना गाउँ समेत मानिन्छ । त्यसअघि चिनियाँ राष्ट्रपति सी जिनपिङको संस्कृतिप्रतिको दृष्टिकोणबारे भ्रमण टोलीलाई जानकारी गराइएको थियो । यस्तो चीनको विकास र आगामी योजनाका विषयमा अन्तरक्रिया समेत भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण