पशुपतिनाथ मन्दिर परिसरबाट मोबाइल चोरेको आरोपमा दुई जना पक्राउ
शुक्रबार, १६ फागुन २०८१, १३ : ०८
काठमाडौँ । महाशिवरात्रीमा पशुपति दर्शन गर्न भएकाहरुको मोबाइल चोरीमा संलग्न आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा नगरपालिका–६ घर भएका ३१ वर्षीय बिजय मगर र गोरखाको बारपाक गाउँपालिका–४ घर भएका ३४ वर्षीय अभिषेक गुरुङ छन् ।
उनीहरुलाई बालाजुस्थित बसन्तनगर गुम्बा नजिकैबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले रातोपाटीलाई बताए । आरोपीहरुको साथबाट प्रहरीले १० थान मोबाइल बरामद गरेको छ । आरोपीहरु बिरुद्ध जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको एसपी बोहराले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण