रास्वपाका २९५ वडा सदस्यले लिए सामूहिक शपथ
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको काठमाडौँ जिल्लाका अधिवेशन भएका वडा समितिका निर्वाचित पदाधिकारी एवं सदस्यहरूले शपथ ग्रहण गरेका छन् ।
शुक्रबार पार्टीको केन्द्रीय कार्यालय, वनस्थलीमा भएको कार्यक्रममा काठमाडौंका ४१ वडाका २९५ निर्वाचित पदाधिकारी एवं सदस्यहरूले शपथ लिएका हुन् ।
उनीहरूलाई काठमाडौँ जिल्ला सभापति प्रदीप विष्टले सामूहिक शपथ ग्रहण गराएका हुन् ।
कार्यक्रममा पार्टी कार्यवाहक सभापति डोल प्रसाद अर्यालले वडा अधिवेशनबाट निर्वाचित सबै पदाधिकारी तथा सदस्यहरूलाई आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्न निर्देशन दिए ।
कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले वडा समितिले वडा स्तरमा प्रशिक्षण कार्यक्रम, स्थानीय विकासका योजनाहरू तथा वडाका गतिविधिहरूको अनुगमन लगायतका थुप्रै कामहरू गर्नुपर्ने बताए ।
संसदीय दलका उपनेता एवं सांसद विराजभक्त श्रेष्ठले निर्वाचित सबै सदस्यहरूलाई शुभकामना दिँदै ८४ को निर्वाचनमा रास्वपालाई नम्बर १ पार्टी बनाउने गरी सबैले पार्टी हितका लागि काम गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण