सिद्धार्थ उद्योग वाणिज्य संघको अध्यक्षमा आचार्य निर्विरोध
बुटवल । रुपन्देहीको सिद्धार्थ उद्योग वाणिज्य संघमा नयाँ कार्यकालका लागि अध्यक्षसहित अधिकांश पदाधिकारी निर्विरोध भएका छन् । आगामी फागुन २४ गते शनिबार हुने संघको निर्वाचनका लागि शुक्रबार भएको मनोनयन दर्तामा अध्यक्षमा नेत्र प्रसाद आचार्यसहित अधिकांश निर्विरोध भएको निर्वाचन मण्डलले जनाएको छ ।
उपाध्यक्ष वाणिज्य र सह–कोषाध्यक्षबाहेक पदाधिकारीतर्फका अन्य पद निर्विरोध रूपमा निर्वाचित भएको प्रमुख निर्वाचन आयुक्त शिव प्रसाद गौडलेले जानकारी दिए ।
अध्यक्षमा नेत्र प्रसाद आचार्य, वरिष्ठ उपाध्यक्षमा दिलीप प्रसाद कान्दु, उपाध्यक्ष कर्पोरेटमा रोहित कुमार अग्रवाल र उपाध्यक्ष उद्योगमा गोविन्द ज्ञवाली निर्विरोध रूपमा निर्वाचित भएका छन् । त्यसैगरी महासचिवमा कृष्ण प्रसाद घिमिरे, कोषाध्यक्षमा कमलप्रसाद मरासिनी र सचिवमा मङ्गल भण्डारी निर्विरोध निर्वाचित भएका छन् । संघको वस्तुगत सदस्यमा प्रितम रौनियार, महिला उद्योग सदस्यमा विष्णुमाया शर्मा, कर्पोरेट सदस्यमा विकास गोयनका र अप्रित कुमार अग्रवाल निर्विरोध निर्वाचित भएका छन् ।उपाध्यक्ष (वाणिज्य)मा एक पदका लागि ३ जनाको उम्मेदवारी परेको छ । जसमा यमकला न्यौपाने, दीपक कुमार पौडेल र हरि बहादुर थापा रहेका छन् । त्यसैगरी सह–कोषाध्यक्षमा सञ्जय कुमार बेरीवाल र पल्लवी न्यौपानेको उम्मेदवारी परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण