बालेनलाई शंकरको जवाफ : कार्यकारी अधिकृत किन जान मानेका छैनन भन्नेमा ध्यान पुगेन
काठमाडौँ । नेकपा एमालेका महासचव शंकर पोखरेलले काठमाडौं महानगरको मेयर वालेनले शाहले सरकारले कार्यकारी अधिकृत नपठाएकोमा तिखो आक्रोश र असन्तुष्टि पोखेको बताएका छन् । तर पछिल्लो समय काठमाडौँ महानगरमा किन कार्यकारी अधिकृत जान मानिरहेका छैनन् भन्ने कुरामा शाहको ध्यान पुगेको नदेखिएको पोखरेलले बताएका छन् ।
शुक्रबार राति पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा बालेनलाई जवाफ दिँदै कार्यकारी अधिकृत जान नमान्नुको कारण जे भए पनि सरकारले विशेष व्यवस्था गरेर भएपनि अविलम्व कार्यकारी अधिकृत पठाउनु पर्ने पनि बताएका छन् । मेयर बालेन शाहले शुक्रबार साँझ संघीय सरकारले भोको पेट मारेर आफू हराउन खोजेको आरोप लगाएका थिए ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै भनेका छन्, ‘ प्रधानमन्त्रीज्यु ,भोको पेट मारेर मलाई हराउन खोज्नु भाकोछ,हामी त तपाईंकै मदन भण्डारीको सपना पुरा गर्न हिडेको मन्छे !’
शाहको स्टाटसपछि महासचिव पोखरेल स्टाटस लेखेका हुन् । ‘काठमाडौं महानगरको मेयर वालेनले सरकारले कार्यकारी अधिकृत नपठाएकोमा तिखो आक्रोस र असन्तुष्टि पोखेको देखिन्छ । तर किन पछिल्लो समय कार्यकारी अधिकृत जान मानिरहेका छैनन् भन्ने कुरामा उनको ध्यान पुगेको देखिँदैन’, महासचिव पोखरेलले भनेका छन्, ‘कार्यकारी अधिकृत जान नमान्नुको कारण जे भए पनि सरकारले विशेष व्यवस्था गरेर भएपनि अविलम्व कार्यकारी अधिकृत पठाउनु पर्दछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण