ला लिगा : लस पल्मस र रियाल भालाडोलिडले अंक बाँडे
शनिबार, १७ फागुन २०८१, ०५ : १७
काठमाडौं । स्पेनिस ला लिगामा लस पल्मस र रियाल भालाडोलिडले बराबरी खेल्दै अंक बाँडेका छन् । शुक्रबार राती भएको खेलमा यी दुईले १-१ को बराबरी खेल्दै अंक बाँडेका हुन् ।
खेलको २२औं मिनेटमा लस पल्मसका सान्ड्रो रामिरेजले गोल गरे । २९ औं मिनेटमा स्कट मकेनाले रातो कार्ड पाएपछि पाहुना टोली पल्मस १० जनामा समेटियो । भालाडोलिडका तर्फबाट ६३ औं मिनेटमा जुआनमी लतासाले गोल फर्काए ।
यो बराबरीपछि लस पल्मस अंक तालिकाको १६ औं स्थानमा रहँदा भालाडोलिड रेलिगेशनबाट पनि पुछारमा छ । लिगमा बार्सिलोना र रियाल मड्रिडको टक्करको स्थिति छ । दुबैको समान २५-२५ खेलबाट समान ५४-५४ अंक छ ।
गोल अन्तरका आधारमा बार्सिलोना पहिलो र रियाल मड्रिड दोस्रोमा छ । तेस्रो स्थानको एटलेटिको मड्रिडको ५३ अंक छ । लिग उत्तरार्धतिर आइपुग्दा थप प्रतिस्पर्धात्मक तथा रोचक हुँदै गएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण