यातायात क्षेत्रका समस्या हल गर्न सरकार प्रयत्नरत छ : मुख्यमन्त्री लामा
काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले यातायात क्षेत्रका समस्याहरु हल गर्न सरकार प्रयत्नरत रहेको बताएका छन् । नारायणी यातायात व्यवसायी संघ हेटौंडाको ३६ औँ वार्षिक साधारण सभाको शनिबार उद्घाटन गर्दै उनले यातायात व्यवसायीको विगतदेखिको समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध भएर काम गरिरहेको बताए ।
मुख्यमन्त्री लामाले यातायात व्यवसायीलाई समस्या बनाइरहेका ऐन, कानुनहरू परिमार्जन गर्न प्रदेश सरकारले छलफल प्रारम्भ गरेको बताए । सरोकारवालाहरूको सुझावसहित यातायातसँग सम्बन्धित ऐन कानुन संशोधन गर्न सरकारले तयारी गरिरहेको उनको भनाई छ ।
मुख्यमन्त्री लामाले बीमालाई व्यवस्थित गर्न सम्बन्धित पक्षहरूसँग छलफल अघि बढाएको बताए । दुर्घटनामा परेकाहरू व्यक्तिहरूको औषधि उपचारमा सघाउ पुर्याउन कोष स्थापना गर्ने तयारीमा प्रदेश सरकार रहेको उनले बताए ।
श्रम रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले प्रदेश सरकारको महत्त्वपूर्ण राजस्वको स्रोत यातायात क्षेत्र रहेको बताए । उनका अनुसार प्रदेश सरकारले गत आर्थिक वर्षमा यातायात क्षेत्रबाट १३ अर्ब रुपैयाँ भन्दा बढी राजस्व संकलन गरेको छ । प्रदेश सरकारले यातायात क्षेत्रलाई राजस्वको वृद्धिले मात्र नहेरेको उनले दाबी गरे । सरकारले यातायात व्यवसायीसँगै सो क्षेत्रमा संलग्न कामदारहरूको विषयमा पनि योजनाबद्ध रूपमा काम गरिरहेको उनले बताए । यातायात क्षेत्रलाई व्यवस्थित ढंगले सञ्चालन गर्न मन्त्रालयले गृहकार्य गरिरहेको उनको भनाई छ ।
संघले हेटौंडामा मुख्यालय रहेको मानवसेवा आश्रमलाई नगद ५१ हजार रुपैयाँ सहयोग गरेको छ भने लामो समयदेखि दुर्घटना नगराउने ५ जना चालक क्रमशः हेटौंडाका अर्जुन भुर्तेल, ध्रुवलाल श्रेष्ठ, काठमाडौँका सुरेश श्रेष्ठ, चितवनका भोला थापा र रौतहटका रामपुकार रायलाई जनही नगद १० हजार रुपैयाँसहित सम्मान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण