केभिआर स्टेज रेस च्यालेन्जमा लोकेन्द्र र सोनिमा विजेता
काठमाडौँ । ट्रायलमान्डुको आयोजनामा शनिबार भएको नेपालको पहिलो एक सय माइलको केभिआर स्टेज रेस च्यालेन्जको पाँचौँ चरणमा पुरुषतर्फ लोकेन्द्र राई र महिलातर्फ सोनिमा शेर्पा पहिलो भएका छन् ।
फर्पिङमा सुरु भएर सिङ्गल ट्रीमा सम्पन्न भएको ३२ किमी दौडअन्तर्गत पुरुषमा लोकेन्द्र राईले निर्धारीत दुरी तीन घण्टा ४६ मिनेट ४४ सेकेन्डमा पूरा गरे । प्रविन ताम्लिङ तीन घण्टा ५७ मिनेट ४० सेकेन्ड समय लगाएर उपविजेता बने भने राम चन्द्र महतारा चार घण्टा ०८ मिनेटमा दौड पुरा गरेर तेस्रो स्थानमा रहे ।
महिलातर्फ च्याम्पियन बनेकी सोनिमा शेर्पाले पाँच घण्टा ०३ मिनेट ४० सेकेन्डमा दौड पूरा गरिन् । यसैगरी उपविजेतामा चित्त बुझाएकी एनी माइ बानले पाच घण्टा २२ मिनेट ०८ सेकेन्ड समय लगाइन् । अनिशा गुरुङले पाँच घण्टा ५१ मिनेट ४४ सेकेन्ड समय लगाएर तेस्रो स्थान हासिल गरिन् ।
सो स्टेज रेस च्यालेन्सको पाचौँ चरणमा २० विदेशीसहित कूल ५६ जनाको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको सय दिनमा पनि भएन राजदूत नियुक्ति : आकांक्षी छनोटमै सकस
-
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष र इजरायली राजदूतबिच भेटवार्ता
-
ब्रिटिश गोर्खा सैनिकबारे परराष्ट्रमन्त्री खनाले गरे बेलायतसँग संवाद
-
संविधानको आधारभूत संरचना बदल्न खोजिए अदालतमा चुनौती दिन्छौँ : वरिष्ठ अधिवक्ता शाक्य
-
अर्बिट समूहद्वारा भ्याटसहितको वैधानिक पीटीई सेवा सुरु
-
भविष्यका वास्तुकार र डिजाइनरलाई सम्मान गर्दै एशियन पेन्ट्सको पुरस्कार वितरण सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण