घर निर्माणमा गुणस्तरीय सामग्रीको प्रयोगबारे सचेतना आवश्यक : मन्त्री दाहाल
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपालमा निर्माण भएका ठुला घरहरू गुणस्तरीय नभएको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित घर निर्माण मेलामा उनले यस्तो बताएका हुन् ।
मन्त्री दाहालले घर निर्माण गर्दा इन्जिनियरिङ र डिजाइनको पाटो महत्त्वपूर्ण हुने बताए । उनले थोरै नेपालीले मात्रै घर निर्माणमा इन्जिनियरसँग परामर्श लिने गरेको बताए । घर निर्माणमा उच्च गुणस्तरीय सामग्री प्रयोग गर्नुपर्ने र यसका लागि आमसर्वसाधारणमा सचेतना जगाउनुपर्ने आवश्यक रहेको उनको भनाइ छ ।
उनले भने, ‘काठमाडौँ वा देशका विभिन्न ठाउँमा बनेका ठुला–ठुला घरहरू पनि गुणस्तरीय बनिरहेका छैनन् । गुणस्तरीय बनाउनु पर्यो, सामग्रीहरू गुणस्तरीय हुनुपर्यो । बलिया हुनु पर्यो सामग्रीहरू । ती सामग्रीहरूका कारणले गर्दा भोलि घरमा ठुला घरहरू बनाउने तर बनाइसक्दा चुहिन थाल्ने खालको पनि मैले देखेको छु । त्यसले गर्दा त्यो इन्जिनियरिङको पाटो पनि महत्त्वपूर्ण छ ।’
मन्त्री दाहालले नेपाल भूकम्पीय उच्च जोखिममा रहेकाले भूकम्प प्रतिरोधी आवास निर्माण गर्नुपर्नेमा जोड दिए । उनले घर निर्माण भइसकेपछि गुणस्तर मापनमा विशेष ध्यान दिनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण