घर निर्माणमा गुणस्तरीय सामग्रीको प्रयोगबारे सचेतना आवश्यक : मन्त्री दाहाल

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपालमा निर्माण भएका ठुला घरहरू गुणस्तरीय नभएको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित घर निर्माण मेलामा उनले यस्तो बताएका हुन् ।
मन्त्री दाहालले घर निर्माण गर्दा इन्जिनियरिङ र डिजाइनको पाटो महत्त्वपूर्ण हुने बताए । उनले थोरै नेपालीले मात्रै घर निर्माणमा इन्जिनियरसँग परामर्श लिने गरेको बताए । घर निर्माणमा उच्च गुणस्तरीय सामग्री प्रयोग गर्नुपर्ने र यसका लागि आमसर्वसाधारणमा सचेतना जगाउनुपर्ने आवश्यक रहेको उनको भनाइ छ ।
उनले भने, ‘काठमाडौँ वा देशका विभिन्न ठाउँमा बनेका ठुला–ठुला घरहरू पनि गुणस्तरीय बनिरहेका छैनन् । गुणस्तरीय बनाउनु पर्यो, सामग्रीहरू गुणस्तरीय हुनुपर्यो । बलिया हुनु पर्यो सामग्रीहरू । ती सामग्रीहरूका कारणले गर्दा भोलि घरमा ठुला घरहरू बनाउने तर बनाइसक्दा चुहिन थाल्ने खालको पनि मैले देखेको छु । त्यसले गर्दा त्यो इन्जिनियरिङको पाटो पनि महत्त्वपूर्ण छ ।’
मन्त्री दाहालले नेपाल भूकम्पीय उच्च जोखिममा रहेकाले भूकम्प प्रतिरोधी आवास निर्माण गर्नुपर्नेमा जोड दिए । उनले घर निर्माण भइसकेपछि गुणस्तर मापनमा विशेष ध्यान दिनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा
-
पश्चिम नवलपरासीमा श्रावणी महामहोत्सवको तयारी सुरु
-
ज्योति भण्डारीलाई प्रहरीले कम्बोडियाबाट ल्यायो काठमाडौँ
-
१० बजे १० समाचार : अदालतबाट राजुलाई राहत, कुलिङ पिरियडले किचलो
-
११ महिनामा बागमती सरकारको बजेट कार्यान्वयन ५० प्रतिशत पनि पुगेन
-
विपद् व्यवस्थापनमा खटिन नेविसंघको निर्देशन