राष्ट्रिय फेन्सिङ च्याम्पियनसिपको उपाधि आर्मी र गण्डकीको पोल्टामा
काठमाडौँ । प्रथम गण्डकी राष्ट्रिय फेन्सिङ च्याम्पियनसिपको उपाधि विभागिय टोली त्रिभुवन आर्मी क्लब र आयोजक गण्डकी प्रदेशले जितेका छन् । गण्डकी प्रदेश फेन्सिङ संघ र कास्की जिल्ला फेन्सिङ संघको संयूक्त आयोजना तथा नेपाल फेन्सिङ संघको प्राविधिक सहयोगमा सम्पन्न प्रतियोगितामा आर्मी सिनियरतर्फ र गण्डकी प्रदेश जुनियरतर्फ च्याम्पियन बनेका हुन् ।
प्रतियोगितामा सिनियरतर्फ आर्मी हावी हुँदा जुनियरतर्फ गण्डकीले सर्वाधिक पदक जित्न सफल रह्यो । फेन्सिङ खेलको इतिहासमा गण्डकी पहिलो पटक जुनियर च्याम्पियन बनेको हो । आर्मीले. ६ स्वर्ण, चार रजत र पाँच काश्य पदक जित्यो ।
जुनियरतर्फ गण्डकीले चार स्वर्ण, तीन रजत र नौवटा काश्य पदक चुम्यो । सीनियर पुरूषको फोइल इन्डिभिजुअलतर्फ आर्मीका बीर सिंहले स्वर्ण पदक हात पारे । उक्त स्पर्धामा आर्मीकै मिन कार्कीले रजत तथा सुदूरपश्चिमका लक्ष्य शाही र आर्मीका नरेन्द्र धामीले काश्य पदक जिते ।
सीनियर महिला फोइल इन्डिभिजुअलतर्फ बागमतीकी गोमा आचार्यले स्वर्ण पदक हात पारेन् । उनले फाइनलमा आर्मीकी रमा सिंहलाई पराजित गरिन् । आर्मीका खेलाडी द्वय आशा कुमारी गुरुङ र मनीषा थापाले काश्य पदक जिते ।
जुनियर पुरुष इपीतर्फ गण्डकीका सचिन खत्रीले स्वर्ण पदक जिते । सुदूरपश्चिमका भरत देवविरुद्धको फाइनल भिडन्तमा सचिनले उत्कृष्ट प्रदर्शन गरे । उक्त स्पर्धामा सुदूरपश्चिमका प्रवीण शाह र गण्डकीका प्रशान्त गुरुङले काश्य पदक जिते ।
जुनियर महिला इपी इन्डिभिजुलको फाइनलमा गण्डकीकी निती खाँड सुदूरपश्चिमकी नितीषा भण्डारीसंग पराजित भइन् । निकै प्रतिस्पर्धात्मक खेलमा नितीषाले स्वर्ण पदक जित्दै आयोजक टिमकी नितीलाई रजत पदकमा चित्त बुझाउन बाध्य पारिन् । दुबै काश्य पदक भने गण्डकीले हात पा¥यो । रिसिका कँडेल र अपेक्षा पौडेलले कायश्य पदक जिते ।
गण्डकीले जुनियर इपी टिम इभेन्टमा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक हात प¥यो । सो स्पर्धामा बागमतीले रजत र सुदूरपश्चिमले काश्य पदक जित्न सफल भयो । फोइल टिम इभेन्ट सिनियर पुरूषतर्फ आर्मीले स्वर्ण, एपीएफ क्लबले रजत तथा सुदूरपश्चिम र गण्डकीले काश्य पदक जिते । महिलातर्फ भने आर्मीले स्वर्ण, बागमती प्रदेशले रजत तथा गण्डकी र एपीएफले काश्य पदक जिते ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको सय दिनमा पनि भएन राजदूत नियुक्ति : आकांक्षी छनोटमै सकस
-
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष र इजरायली राजदूतबिच भेटवार्ता
-
ब्रिटिश गोर्खा सैनिकबारे परराष्ट्रमन्त्री खनाले गरे बेलायतसँग संवाद
-
संविधानको आधारभूत संरचना बदल्न खोजिए अदालतमा चुनौती दिन्छौँ : वरिष्ठ अधिवक्ता शाक्य
-
अर्बिट समूहद्वारा भ्याटसहितको वैधानिक पीटीई सेवा सुरु
-
भविष्यका वास्तुकार र डिजाइनरलाई सम्मान गर्दै एशियन पेन्ट्सको पुरस्कार वितरण सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण