रमजानका लागि गाजामा युद्धविराम विस्तार
रफाह । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजामा युद्धविराम सम्झौताको अस्थायी विस्तारलाई अनुमोदन गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व दूत स्टिभ विटकफले यो प्रस्ताव अघि सारेका थिए ।
रमजान र यहुदीहरूको चाड निस्तारलाई ध्यानमा राख्दै सरकारले गाजा युद्धविरामलाई थप ६ हप्ताका लागि अस्थायी रूपमा विस्तार गर्न अनुमोदन गरेको नेतन्याहूले बताएका छन् । शनिवार मध्यरातमा पहिलो चरणको युद्धविराम समाप्त भएपछि यो घोषणा गरिएको हो ।
विटकफको यो नयाँ प्रस्ताव अन्तर्गत दोस्रो चरणको वार्ता असफल भएको महसुस भयो भने ४२ दिन पछि इजरायलले पुनः लडाइँ सुरु गर्न सक्नेछ । इजरायलले थप बन्धकहरूको तत्काल रिहाइ चाहेको छ तर हमास दोस्रो चरणलाई अगाडि बढाउन चाहन्छ ।
यसैबिच, अमेरिकी विदेश मन्त्री मार्काे रुबियोले शनिवार इजरायललाई लगभग ४ अर्ब डलर बराबरको सैन्य सहायता वितरणलाई तीव्रता दिने सहमति भएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण