वर्तमान सरकार भ्रष्टाचारीको मतियार बनेको छ : सचिव खनाल
बुटवल । नेकपा (माओवादी केन्द्र)का सचिव तथा पूर्वमन्त्री चक्रपाणि खनालले वर्तमान सरकार भ्रष्ट्राचारीकाे मतियार बनेको आरोप लगाएका छन्। अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाको तेस्रो अधिवेशन तथा खबरदारी सभालाई सम्बोधन गदै उनले सरकारको नीति नै भ्रष्ट्राचारलाई संरक्षण गर्ने रहेको बताए ।
भ्रष्टाचारीको संरक्षण गर्ने उद्देश्यले नै सरकारले विभिन्न विधेयकहरू ल्याइरहेको दाबी गर्दै यसको भण्डाफोर गर्नुपर्ने उनले बताए । खनालले अहिलेको सरकार इतिहासकै निकम्मा साबित भएको उल्लेख गर्दै नीति निर्माणका नाममा अनेक बहाना बनाएर भ्रष्ट्राचारको ढोका खुला गर्ने विधेयकहरू ल्याउन थालेको बताए ।
उनले सरकारको गलत नीति सुधार नभएसम्म माओवादी अभियान जारी रहने बताउँदै बताए । भ्रष्टाचारीहरूको लहरो तान्दै जाँदा ठुलै घरानासमेत पर्ने देखिएपछि जालझेल गरेर माओवादी नेतृत्वको सरकार ढालिएको उनले बताए ।
फरक प्रसगमा नेता खनालले बाबुराम भट्टराई र मोहन वैद्य तत्काल एकतामा आउने सम्भावना नरहे पनि नेत्रविक्रम चन्द विप्लवलगायतसँग चाँडै एकता हुने बताए । अधिवेशनले शोभाखर भुसालको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ, जसको उपाध्यक्ष हेमराज भुसाल, चन्द्रमणि खनाल, सिता जिसी, सचिवमा विष्णु पुन र कोषाध्यक्षमा बाबुराम रसाइली रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण