इबोलाका कारण यूगान्डामा चार वर्षीय बालकको मृत्यु
काम्पाला । पूर्वी अफ्रिकी देश युगान्डामा इबोलाबाट एक जना चार वर्षीय बालकको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार यो इबोलाबाट भएको दोस्रो मृत्यु हो ।
यसअघि जनवरी ३० मा इबोला प्रकोप बनेको घोषणा हुनुभन्दा एक दिनअघि एक जना वार्ड ब्वाईको मृत्यु भएको थियो । युगान्डाका स्वास्थ्य अधिकारीहरू प्रकोप चाँडै अन्त्य गर्ने आशा गरिरहेका थिए ।
यस्तोमा बच्चाको मृत्यु स्वास्थ्य अधिकारीहरूका लागि ठूलो धक्का भएको डब्ल्यूएचओले बताएको छ । बच्चालाई युगान्डाको राजधानी कम्पालाको एक अस्पतालमा भर्ना गरिएको शनिबार जारी विज्ञप्तिमा डब्लुएचओले भनेको छ ।
उपचारको क्रममा उनको मंगलबार मृत्यु भएको बताइएको छ । निगरानी र सम्पर्क ट्रेसिङलाई सुदृढ पार्ने काम गरिरहेको डब्ल्यूएचओले भनेको छ ।
सुरुमा आठ इबोला संक्रमितहरू निको भएर डिस्चार्ज भएपछि युगान्डाका अधिकारीहरूले प्रकोप नियन्त्रणमा रहेको दाबी गरेका थिए । तर, पछिल्लो समय बालकको मृत्युले त्यो दाबीलाई कमजोर बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण