ओली कपको फाइनलमा सोमबार त्रिभुवन आर्मी र मच्छिन्द्र भिड्ने
काठमाडौँ । केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा सोमबार त्रिभुवन आर्मी क्लब र मच्छिन्द्र एफसीबीच प्रतिस्पर्धा हुने भएको छ ।
खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ साढे पाँच बजे सुरु हुने आयोजक राष्ट्रिय युवासंघ नेपालले जनाएको छ ।
आर्मीले संकटा क्लब र मच्छिन्द्रले आयोजक केपी एफसीलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।
दुवै टोलीका प्रशिक्षकले फाइनलका लागि टिम तयार रहेको र उपाधि कब्जा गर्ने दाबी गरेका छन् ।
फाइनल अघि आइतबार रङ्गशालामा आयोजित प्रि–म्याच कन्फ्रेन्समा त्रिभुवन आर्मी क्लबका प्रशिक्षक मेघराज केसीले मच्छिन्द्र क्लब बलियो देखिएपनि आर्मी क्लब पनि कमजोर नरहेको बताए । उनले फाइनल खेल उत्कृष्ट हुने उपाधि जित्ने दाबी गरे ।
त्यस्तै त्रिभुवन आर्मी क्लबका कप्तान जिलेस्पी जंग कार्कीले लामो समयदेखिको तयारीले टिम फाइनल पुगेको भन्दै फाइनलका लागि उपाधि जित्ने गरी मैदान उत्रने उल्लेख गरे ।
त्यस्तै डिफेन्डीङ च्याम्पियन मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले तेस्रो पटक उपाधि रक्षा गर्ने रणनीतिका साथ मैदान उत्रने जनाए । उपाधिका लागि आफ्नो टिम तयार रहेको र ९० मिनेटभित्रै गोल गरेर जीत हासिल गर्ने उनले बताए ।
त्यस्तै मच्छिन्द्रका कप्तान विशाल श्रेष्ठले फाइनलका लागि उत्साहित भएको भन्दै उपाधि जित्ने गरी मेहनत गरेको बताए ।
फाइनल खेल अवलोकन गर्न इटालीलाई विश्वकप जिताएका गोलकिपर जियानलुजी वुफोन नेपाल आइसकेको राष्ट्रिय युवासंघ नेपालका प्रवक्ता कृष्णहरि केसीले जानकारी दिए । खेलकुद क्षेत्रमा समस्या नभई सम्भावना छ भन्ने कुरालाई उजागर गर्दै लगातार केपी ओली कप फुटबल आयोजना गरिएको उनले बताए ।
प्रतियोगिताको विजेता हुने टोलीले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेता हुने टोलीले ५ लाख रुपैयाँ पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिटरब्याज पीडितलाई घर फर्काउने सरकारको प्रयास : माग पूरा नभएसम्म नफर्किने पीडितको अडान
-
लुम्बिनी प्रदेश : मन्त्रालय घटाउने निर्णय कार्यान्वयनमा अझै समय लाग्ने
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक छनोट प्रक्रियामा मन्त्रालयको त्रुटि, आवेदन प्रक्रिया रद्द
-
सुदूरकाे बजेट पारितबारे मुख्यमन्त्री भन्छन्– एमालेसँग संवाद जारी छ, भोलिसम्म निकास निस्कन्छ
-
गणेश नेपालीकाे मृत्युपछि महानगर प्रहरी फेरि सडकमा
-
सरकारको सय दिनमा पनि भएन राजदूत नियुक्ति : आकांक्षी छनोटमै सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण