अपडेट
बानेश्वरमा डीएसपी घाइते भएको घटनामा १२ जना पक्राउ
आइतबार, १८ फागुन २०८१, १४ : ४५
_jpcdihj6rb_RsIW8fJerC.jpg)
काठमाडौँ । राजधानीको बानेश्वरबाट १२ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ५ महिला र ७ पुरुष रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
आइतबार बिहान ‘स्वर्गद्वारी गुठी पीडित मोही किसान सङ्घर्ष समिति’ले गरेको प्रदर्शनमा झडप हुँदा झडपमा प्रहरी वृत्त सिंहदरबारका डीएसपी गंगा पौडेल घाइते भएका थिए ।
डीएसपी पौडेलको सिभिल अस्पतालमा उपचार भइरहेको छ। सङ्घर्ष समितिले केही समयदेखि काठमाडौँमा प्रदर्शन गरिरहेको छ ।
निषेधित क्षेत्र तोड्न खोजेपछि बानेश्वरस्थित बेकरी क्याफे अगाडि झडप भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए । प्रदर्शनकारीहरू तर्फ पनि केही घाइते भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा
-
पश्चिम नवलपरासीमा श्रावणी महामहोत्सवको तयारी सुरु
-
ज्योति भण्डारीलाई प्रहरीले कम्बोडियाबाट ल्यायो काठमाडौँ
-
१० बजे १० समाचार : अदालतबाट राजुलाई राहत, कुलिङ पिरियडले किचलो
-
११ महिनामा बागमती सरकारको बजेट कार्यान्वयन ५० प्रतिशत पनि पुगेन
-
विपद् व्यवस्थापनमा खटिन नेविसंघको निर्देशन