‘वरिष्ठ बलराम’को मुहूर्तसँगै छायाङ्कन सुरु
काठमाडौँ । फिल्म ‘वरिष्ठ बलराम’को शुभ–मुहूर्त गरिएको छ । आइतबार काठमाडौँको बुढानीलकण्ठ मन्दिरमा पूजा गर्दै फिल्मको मुहूर्त गरिएको हो । मुहूर्तसँगै फिल्मको छायाङ्कन समेत सुरु भएको निर्माण युनिटले जानकारी दियो ।
लक्ष्मी पूजाका दिन कात्तिक ३ गते रिलिज मिति तय भएको फिल्मका निर्देशक सुरेन्द्र पौडेल हुन् । फिल्ममा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, गौमाया गुरुङ, पशुपति राई, माओत्से गुरुङ, प्रदीप चौधरी, रामबाबु रेग्मीलगायतका कलाकारको अभिनय रहनेछ । फिल्मको निर्मातामा आशिस एच तामाङ र श्रीराज कार्की रहेका छन् । निर्देशक पौडेलकै कथा र सम्पादन रहने फिल्म महेश दवाडीले लेखेका हुन् ।
सामाजिक कथावस्तुमा आधारित ‘वरिष्ठ बलराम’को छायाङ्कन चितवन र हेटौडाका विभिन्न जिल्लामा गरिनेछ । फिल्मका डिओपी मानकृष्ण महर्जन रहेका छन् ।
तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको फिल्ममा प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको द्वन्द्व निर्देशन, प्रदीप लामाको कोरियोग्राफी रहने छ ।
‘वरिष्ठ बलराम’ निर्माण वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मस्को सहकार्यमा हुनेछ । फिल्म काठमाडौँँ उपत्यकामा डीसिएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रीव्युसनले वितरण गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण