‘वरिष्ठ बलराम’को मुहूर्तसँगै छायाङ्कन सुरु

काठमाडौँ । फिल्म ‘वरिष्ठ बलराम’को शुभ–मुहूर्त गरिएको छ । आइतबार काठमाडौँको बुढानीलकण्ठ मन्दिरमा पूजा गर्दै फिल्मको मुहूर्त गरिएको हो । मुहूर्तसँगै फिल्मको छायाङ्कन समेत सुरु भएको निर्माण युनिटले जानकारी दियो ।
लक्ष्मी पूजाका दिन कात्तिक ३ गते रिलिज मिति तय भएको फिल्मका निर्देशक सुरेन्द्र पौडेल हुन् । फिल्ममा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, गौमाया गुरुङ, पशुपति राई, माओत्से गुरुङ, प्रदीप चौधरी, रामबाबु रेग्मीलगायतका कलाकारको अभिनय रहनेछ । फिल्मको निर्मातामा आशिस एच तामाङ र श्रीराज कार्की रहेका छन् । निर्देशक पौडेलकै कथा र सम्पादन रहने फिल्म महेश दवाडीले लेखेका हुन् ।
सामाजिक कथावस्तुमा आधारित ‘वरिष्ठ बलराम’को छायाङ्कन चितवन र हेटौडाका विभिन्न जिल्लामा गरिनेछ । फिल्मका डिओपी मानकृष्ण महर्जन रहेका छन् ।
तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको फिल्ममा प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको द्वन्द्व निर्देशन, प्रदीप लामाको कोरियोग्राफी रहने छ ।
‘वरिष्ठ बलराम’ निर्माण वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मस्को सहकार्यमा हुनेछ । फिल्म काठमाडौँँ उपत्यकामा डीसिएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रीव्युसनले वितरण गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवराज विक हत्या प्रकरण : २३ जनाको जन्मकैद सदर, दुई जनालाई सफाइ
-
६ एआईजीको पदस्थापन, सीआईबीमा चन्द्रकुवेर खापुङ
-
ट्रेलरमा यस्तो देखियो चलचित्र ‘ऊनको स्वीटर’
-
आन्दोलन र वार्ता सँगसँगै अघि बढाउने शिक्षक महासंघको निर्णय
-
डिजिटल बोर्डहरू ह्याक हुनबाट जोगिन के गर्ने ?
-
एलओडीलाई अन्तर्राष्ट्रिय बजारमा लैजाने योजना छ – निर्देशक कुँवर