निजामती विधेयकमा सहमति जुटाउन उपसमितिद्वारा लोकसेवा आयोगसँग छलफल
काठमाडौँ । संघीय निजामती विधेयकमा सहमति जुटाउन गठित प्रतिनिधि सभाअन्तर्गतको संसदीय उपसमितिले लोकसेवा आयोगसँग छलफल गरेको छ । आइतबार उपसमितिले लोकसेवा आयोगका पदाधिकारीहरूसँग छलफल गरेको हो ।
उपसमितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपसमितिका संयोजक एवं नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले संघीय निजामती सेवा ऐनको तयारीमा आफूहरू लागिरहेको र संघीय निजामती सेवा ऐनको गठन, सञ्चालन, सेवा र सर्तका सम्बन्धमा प्रस्तावित विधेयकमा धेरै छलफल भइसकेको बताए । मुलुकमा संघीयता लागू भइसकेपछि विधेयकलाई अझै अगाडि ल्याउनुपर्नेमा नसकिरहेको अवस्था रहेको उनको भनाई थियो ।
अहिले आएको विधेयक धेरै पक्षलाई समेटेर आएको उल्लेख गर्दै बडूले यसलाई टुंग्याउन केही विवादित विषयहरू देखिन थालेपछि आन्तरिक गृहकार्य गरेको बताए । विधेयकमा केही नीतिगत विषयहरूमा स्पष्ट हुन सके विधेयकको दफामा धेरै समय छलफल गरिरहन नपर्ने उल्लेख गरे ।
१४ वटा विषयहरू सहमतिका लागि तयार पारेको उनले उल्लेख गरे । संघीय निजामती सेवा समेत तहगत प्रणालीमा लैजाने भन्ने सांसदहरूबिचको छलफल भएको र प्रस्तावहरू दुवै किसिमले आएको उनको भनाई थियो।
उनले संघमा तहगत र श्रेणी एकसाथ जाने गरी सहमति गरेको पनि जानकारी दिए । उनले कुलिङ पिरियड राख्नुपर्नेमा अधिकांश सांसदहरू सहमत रहेको जिकिर गरे । तोकिएको समयभित्रै उपसमितिले प्रतिवेदन समितिलाई बुझाउने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण