आमा बन्दै कियरा : भनिन्- जुम्ल्याहा सन्तान भइदिइहुन्थ्यो
नयाँ दिल्ली । कियारा आडवाणी आमा बन्ने भएकी छन् । अभिनेत्रीले फेब्रुअरी २८ मा सामाजिक सञ्जालमार्फत यसको घोषणा गरेकी हुन् ।
अहिले उनको पुरानो भिडियो भाइरल भइरहेको छ, जसमा उनी स्वस्थ र जुम्ल्याहा बच्चा भएको कुरा गरिरहेकी छन् । यो भिडियो उनको फिल्म प्रमोसनका क्रममा खिचिएको थियो।
फिल्म 'गुड न्युज'को प्रमोसनका क्रममा एक अन्तर्वार्तामा पत्रकार फरिदुन शहरयारले उनलाई सोधेका थिए- ‘यदि तपाईंका जुम्ल्याहा बच्चा भए भने कुन रूपमा होस् भन्ने चाहनुहुन्छ ? दुई छोरी, दुई छोरा कि एक छोरा र एक छोरी ?
जवाफमा कियाराले भनेकी छन् - मलाई दुई वटा स्वस्थ सन्तान चाहिएको छ, जुन भगवानले मलाई उपहार दिन सकून् ।
अन्तर्वार्ताका क्रममा करिना कपुर पनि त्यहाँ थिइन् । उनले कियारालाई जिस्काउँदै भनिन्, ‘अनि तिमीलाई ताज मिल्छ । त्यसपछि कियाराले भनिन्- म छोरा र छोरीलाई जन्म दिन चाहन्छु।'
यो अन्तर्वार्तामा जब कियारालाई आफ्नी छोरीमा करिना कपुरको कुन गुण चाहनुहुन्छ भनी सोधिएको थियो। जवाफमा कियाराले भनिन्, 'उनको आत्मविश्वास, उनको अभिव्यक्ति यो सबै चाहन्छु ।' करिना १० मा १० गुणले युक्त भएको पनि उनले बताइन् ।
कियारा र सिद्धार्थको विवाह ७ फेब्रुअरी २०२३ मा जैसलमेरमा भएको थियो । उनीहरूको विवाहको भिडियो पनि सामाजिक सञ्जालमा चर्चित भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आउनुस्, हाम्रो सामुदायिक विद्यालयलाई जोगाऔँ !
-
यार्सागुम्वा उत्पादन ६० प्रतिशतले घट्यो : सांसद बुढा
-
पशुपति शवदाह गृह मेसिन खरिद भ्रष्टाचार मुद्दा १३ औँ पटक पेसीमा
-
चिया उद्योग बन्द भएको विषय संसदमा उठ्यो
-
नवनिर्वाचित अध्यक्ष डाँगीद्वारा मार्गचित्र सार्वजनिक : ‘इप्पान भिजन २०२९’ र डिजिटल प्रणाली मुख्य प्राथमिकता
-
सुस्तामा भारतीय एसएसबीको हस्तक्षेपबारे राप्रपाको प्रश्न– सरकार कहाँ छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण