ट्रम्प र जेलेन्स्कीको झगडापछि अमेरिकामा युक्रेनको समर्थनमा विरोध प्रदर्शन
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भान्सले शुक्रवार अमेरिकी राष्ट्रपति कार्यालयमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई भेटेका थिए । यस क्रममा तीन नेताहरूबिच चर्काचर्की भयो ।
अपमानित भएपछि जेलेन्स्कीले पनि निहुँ खोजेर ह्वाइट हाउसबाट निस्किए । यसै सन्दर्भमा युक्रेनको समर्थनमा न्युयोर्क, लस एन्जलस र बोस्टनमा सयौँ मानिस भेला भएर प्रदर्शन गरेका छन् ।
यसबाहेक, भर्मन्टको वेट्सफिल्डको एउटा सडकमा प्रदर्शनकारीहरू युक्रेन समर्थक नारा लेखिएका प्लेकार्ड बोकेका देखिए । उप–राष्ट्रपति जेडी भान्स आफ्नो परिवारसँग बिदा मनाउन यहाँ आएका थिए । अमेरिकी मिडियामा आएका रिपोर्टका अनुसार यो प्रदर्शनपछि उपराष्ट्रपति र उनको परिवारलाई अज्ञात स्थानमा पठाइएको छ ।
‘जे.डी.भान्सले सीमा पार गरेका छन्,’ कोरी गिरोक्स नाम गरेका एक प्रदर्शनकारीले शुक्रवार ओभल अफिसमा भएका घटनाक्रमलाई उद्धृत गर्दै भनेका थिए । उपराष्ट्रपति जेडी भान्सको परिवारको भ्रमण अघि,भर्मन्टका गभर्नर फिल स्कटले राज्यका जनतालाई भान्सको परिवारलाई सम्मानपूर्वक व्यवहार गर्नु अपिल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरी असई हुँ भन्दै ठगी गर्ने महिला काठमाडौँबाट पक्राउ
-
जबरजस्ती करणी गरेको अभियोगमा धनगढीबाट एक जना पक्राउ
-
दिनभर विराटनगरको अनुगमन सकेर धरान लागे गृहमन्त्री गुरुङ
-
सशस्त्र प्रहरीका ७१ जना डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)
-
चेतना पौडेलको गिरफ्तारी प्राकृतिक चिकित्सामाथिको प्रहार भएको संघको दाबी
-
यूएस ओपन मार्सल आर्ट्स च्याम्पियनसिपमा सुमनलाई कांस्य पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण