एन्फाका पूर्वअध्यक्ष गणेश थापाद्वारा साइबर ब्युरोमा उजुरी
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष गणेश थापाले बहालवाला महासचिव किरण राईविरुद्ध साइबर ब्युरोमा उजुरी दिएका छन् ।
राईले आफूमाथि गम्भीर र कलोकल्पित आरोप लगाएकाले साइबर अपराधमा छानबिनका लागि आइतबार ब्युरोमा उजुरी दिएको थापाले जानकारी दिए । आफ्नो उजुरीको दर्ता नम्बर ११५८९ रहेको थापाले रातोपाटीलाई बताए ।
महासचिव राईले एक टेलिभिजन कार्यक्रममार्फत आफूमाथि गम्भीर प्रकृतिको आरोप लगाएको थापाको भनाइ छ । आफूमाथिका सबै आरोप झुटा र तथ्यहीन रहेको र त्यसलाई सच्याउन र आत्मालोचना गर्न अनुरोध गर्दा पनि नसच्याएपछि बाध्य भएर कानुनी उपचार खोजेको उनको भनाइ छ ।
‘उहाँले ममाथि एन्फाको १७ करोड रुपैयाँ हिनामिना गरेको, पछि सम्पत्ति शुद्धीकरणको छानबिनपछि मैले ८ करोड रुपैयाँ एन्फाको खातामा जम्मा गरेको जस्ता आधारहीन आरोप लगाएर मेरो चरित्रहत्या गर्ने प्रयास गर्नुभएको छ’, थापाले भने ।
उनले अगाडि भने, ‘मैले उहाँको अन्तरवार्ता आएलगत्तै सामाजिक सञ्जालमार्फत उहाँलाई ममाथि लगाएका आरोप प्रमाणित गरेर मलाई कानुन अनुसार कारबाही गर्न वा आफै आत्मालोचना गर्न भनेर दुई विकल्प दिएको थिएँ। मैले २४ घण्टाभित्र आत्मालोचना गर्न सार्वजनिक रूपमा अनुरोध गरेता पनि उहाँले त्यसलाई समेत बेवास्ता गरेपछि बाध्य भएर नेपाल प्रहरीको साइबर ब्यूरो, भोटाहिटीमा कानुनबमोजिम छानबिन गरी कारबाहीका लागि उजुरी दिएको छु ।’
राईले भनेजस्तै आफूले ८ करोड रुपैयाँ एन्फाको खातामा जम्मा गरेको विषयमा पनि छानबिन गर्न माग गरेका छन् । आफू दोषी भए कानुनअनुसार कारबाही भोग्न तयार रहेको बताउँदै राईले लगाएका आरोप प्रमाणित नभए कानुनअनुसार उनी कारबाहीको दायरामा आउनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण