दाङ र कैलालीबाट लागु औषधसहित दुई जना पक्राउ
काठमाडौँ । विभिन्न जिल्लामा लागु औषधसहित २ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार दाङ र कैलालीमा लागु औषधसहित २ जना पक्राउ परेका हुन् । दाङको घोराही उपमहानगरपालिका–१३ प्रगति टोलबाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम २ सय ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने रोल्पा माडी
गाउँपालिका–३ तालावाङ घर भएका १९ वर्षीय दुर्लभ घर्ती मगर पक्राउ परेका छन् । उनलाई शनिवार राति प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरिएको जानकारी दिएको छ ।
त्यस्तै कैलालीको बर्दगोरिया गाउँपालिका–६ बिशालनगरबाट अवैध लागु औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २० मिलिग्रामसहित सोही ठाउँ बस्ने २२ वर्षीय विशाल विकलाई प्रहरीले पक्राउ गरेको छ ।
आइतबार बिहान उनलाई लागुऔषसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरिएको जनाएको छ । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण