सुकेधारा घटना : गाँजा किन्ने क्रममा विवाद हुँदा हत्या
काठमाडौँ । काठमाडौँ महानगरपालिका–४ सुकेधारास्थित धोविखोला करिडोरमा अडवीर राई मृत भेटिए । फागुन १४ मा मृत भेटिएका अडवीर लैङ्गिक अल्पसङ्ख्यक हुन् ।
ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–६ घर भएर काठमाडौँ–७ बस्दै आएका अडवीरको हत्या भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
हत्या आरोपमा दोलखाको मेलुङ गाउँपालिका घर भएका विराट ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले उनलाई भक्तपुरको सल्लाघारीबाट पक्राउ गरेको हो । २९ वर्षीय ठकुरी काठमाडौँमा चल्ने बा.४ ख ५९९३ नम्बरको बसको सहचालक हुन् ।
गाँजा किनबेचको विषयमा विवाद हुँदा ५० वर्षीय अडवीरको हत्या भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । फागुन १३ मा राति चालकले गाडी पार्किङ गरेपछि विराट ठकुरी चाबहिल चोकमा जान्छन् । मालपोत कार्यालय चाबहिल भन्दा पारिपट्टि धोविखोला करिडोर बस पार्किङ हुँदै आएको थियो ।
भोलिपल्ट शिवरात्रि थियो । चाबहिल चोकमा महिलाको पहिरनमा भेटिएका अडवीर र ठकुरीको बिचमा गाँजा किनबेच गर्ने कुरा हुन्छ । अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार अडवीरसँग १० पोका गाँजा थियो ।
ठकुरीले आफू काम गर्ने गाडी पार्किङ गरेको ठाउँमा गएर गाँजा किन्ने कुरा गरे । त्यसपछि उनीहरू चाबहिलबाट सुकेधारातर्फ लाग्छन् । करिडोरमा पुगेपछि गाँजाको रकमबारे विवाद हुँदा आरोपीले अडवीरको हत्या गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।
उनले भने, ‘एक पोका गाँजा बराबर ५ सय रुपैयाँमा डिल भएको देखिन्छ, त्यही विषयमा विवाद हुँदा हत्या भएको देखिएको छ ।’
अडवीरले १० पोका गाँजाको ५ हजार माग्छन् । तर, ठकुरीले आफूसँग ५ सय रुपैयाँ मात्रै साथमा भएको भन्दै १ पोका मात्र किन्न खोज्छन् । सोही क्रममा विवाद भएपछि अडवीरले आफ्नो समूहलाई फोन गरेर करिडोरमा बोलाउन खोज्छन् । त्यसपछि ठकुरीले उनलाई ढुङ्गा प्रहार गरेर हत्या गरेका हुन् । एसपी बोहरा भन्छन्, ‘सामान्य विवादमा हत्या भएको देखिन्छ ।’
हत्यापछि राईको शव नजिकैको शौचालयमा लगेर म्याट्रेस, सिरानी, झोला र फोहोरले छोपेर राखिदिए । त्यसपछि उनी बसभित्र छिरेर सुते । जिल्ला प्रहरी परिसर काठमाडौँका डीएसपी प्रह्लाद कार्की नेतृत्वको टिमले सीसीटीभीको सहायताले आरोपीलाई पक्राउ गर्न सफल भएको छ ।
अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्, ‘सीसीटीभीबाट बस र आरोपीको हुलिया पहिचान गरेपछि पक्राउ गर्न सहज भयो ।’
आरोपीलाई प्रहरी वृत्त महाराजगञ्जले ज्यान सम्बन्धी कसुरमा मुद्दा चलाएको छ । राईको टाउको, निधार र नाकमा लागेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण