निजी अन्तरिक्ष यान ‘ब्लू घोस्ट’ चन्द्रमामा अवतरण, यस्तो छ यसको उद्देश्य
वासिङ्टन डीसी । निजी अन्तरिक्ष यान चन्द्रमामा अवतरण गरेको छ । यो चन्द्रमाको सतहमा पुग्ने दोस्रो व्यावसायिक यान हो ।
यस अन्तरिक्ष यानको नाम ब्लू घोस्ट हो । यो जनवरी १५ मा पृथ्वीबाट उडेको थियो ।
यान अमेरिकी कम्पनी फायरफ्लाइ एयरोस्पेसले लञ्च गरेको हो । यसलाई पठाउनुको उद्देश्य पृथ्वीबाट देखिने विशाल क्रेटरको अन्वेषण गर्नु हो । यसलाई ‘सी अफ क्राइसिस’ भनिन्छ । यो परियोजना अमेरिकी अन्तरिक्ष एजेन्सी नासा र निजी कम्पनीहरू बिचको हालैको सहकार्यको एक हिस्सा हो ।
आगामी केही दिनमा अर्को व्यावसायिक अन्तरिक्ष यान चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने अपेक्षा गरिएको छ । यसको नाम एथेना स्पेसक्राफ्ट हो । यो अमेरिकी कम्पनी इन्ट्युटिभ मेशिन्सको यान हो ।
आफ्नो अन्तरिक्ष यानलाई चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण गराउने इन्ट्युटिभ मेशिन्स पहिलो निजी कम्पनी थियो । यस कम्पनीको अन्तरिक्ष यान ओडिसियस गत वर्ष फेब्रुअरी २२ मा चन्द्रमामा पुगेको थियो ।
तर यो मिसन निकै छोटो थियो । क्रेटरको ढलानमा अवतरण गर्दा अन्तरिक्ष यानको ल्यान्डिङ गियर बिग्रियो ।
तर, ब्लू घोस्ट अन्तरिक्ष यानको अवतरण आरामदायी रूपमा सम्पन्न भएको छ । यसले गत हप्तादेखि चन्द्रमाको परिक्रमा गरिरहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै सडक दुर्घटनामा चार जनाले ज्यान गुमाए, दुई घाइते
-
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
-
घरेलु कामदारका रूपमा महिलालाई अवैध रूपमा खाडी पठाउने ६ जना पक्राउ, ३१ लाख नगद बरामद
-
मानव अधिकार आयोगको प्रतिवेदन बदनियतपूर्ण रहेको एमालेको निष्कर्ष, भूतप्रभावी कानुन बनाउने सिफारिसमा आपत्ति
-
संविधान संशोधन गर्दा मूल संरचनालाई कुनै पनि हालतमा खण्डित गर्न हुँदैन : रेग्मी
-
क्युबाका राष्ट्रपतिमाथि अमेरिकाले लगायो प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण