फेब्रुअरी महिनामा ९६ हजारभन्दा बढी पर्यटक नेपालमा

काठमाडौँ । सन् २०२५ को फेब्रुअरी महिनामा नेपाल भ्रमणमा ९६ हजारभन्दा बढी पर्यटकको आगमन भएको छ ।
नेपाल पर्यटन बोर्डका अनुसार फेब्रुअरी महिनामा ९६ हजार ८ सय ८० पर्यटक नेपाल भित्रिएका हुन् ।
बोर्डका अनुसार गत वर्षको सोही अवधिको तुलनामा पर्यटन आगमनमा कमी आएको देखिएको छ। सन् २०२४ को फेब्रुअरीमा ९७ हजार ४२६ पर्यटक नेपाल भित्रिएका थिए । त्यस्तै,सन् २०२३ को फेब्रुअरीमा ९९ हजार ४२६ रहेको थियो ।
पर्यटन बोर्डका फेब्रुअरीमा भारतीय पर्यटक सबैभन्दा बढी नेपाल आएका छन् । यस महिना भारतबाट १९ हजार १८७ जना नेपाल भ्रमणका लागि आएका हुन् ।
यस अवधिमा अमेरिकाबाट १० हजार ३४८ जना आएका छन् भने चीनबाट ८ हजार २३२ जना पर्यटकले नेपाल भ्रमण गरेको पर्यटन बोर्डले जनाएको छ ।
बेलायतबाट ५ हजार ५७ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । यस्तै, बङ्गलादेशबाट ४ हजार ८७४ जना पर्यटक नेपाल आउँदा श्रीलंकाबाट ४ हजार ३७० र अस्ट्रेलियाबाट ३ हजार ७३७ जना पर्यटक आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतम बुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालनको माग गर्दै धर्ना
-
हुलाकी राजमार्ग : ४४ किमी कालोपत्र
-
भेरी नदीको पानी वीरेन्द्रनगरमा ल्याउन ८० करोड खर्च गर्दै कर्णाली सरकार
-
नीति तथा कार्यक्रम कार्यान्वयन चुनौतीपूर्ण छ : सांसद साउद
-
अब स्वास्थ्य बीमाको अनलाइन नवीकरण पेमेन्ट वालेट र कनेक्ट आइपीएसबाट गर्न सकिने
-
प्रदीप र गौरव लिएर नयाँ फिल्म बनाउँदै शर्मिला