कालिकोटमा विप्लवले गरे भेडा फार्मको उद्घाटन
आइतबार, १८ फागुन २०८१, २२ : ५२

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव सीले भेडा फार्मको उद्घाटन गरेका छन् ।
आइतबार महासचिव सीले कर्णाली प्रदेशको रुपसा चिसापानी कालिकोटमा भेडा फार्मको उद्घाटन गरेका हुन् ।
पछिल्ला वर्ष महासचिव सी लगायत सो पार्टीका नेता कार्यकर्ता कृषि उत्पादनमा सक्रिय रहँदै आएका छन् ।