ओस्कर अवार्ड : जोई सलडाना बनिन् उत्कृष्ट सह-अभिनेत्री
लस एन्जिलस । अमेरिकाको लस एन्जलसमा आयोजना भइरहेको ओस्कर अवार्डमा जोई सलडानाले उत्कृष्ट सह-अभिनेत्रीको अवार्ड प्राप्त गरेकी छिन्। यो जोई साल्डानाको पहिलो ओस्कर अवार्ड हो।
'एमिलिया पेरेज' मा उत्कृष्ट अभिनय गरेबापत उनले यो पुरस्कार प्राप्त गरेकी हुन्। ओस्कर अवार्ड प्राप्त गरेपछि जोई सलदानाले भनिन्, ‘म यो पुरस्कार प्राप्त गर्ने डोमिनिकन मूलको पहिलो अमेरिकी हुँ, मलाई थाहा छ म यो पुरस्कार प्राप्त गर्ने अन्तिम व्यक्ति हुनेछैन।’
यस वर्ष आयोजना भइरहेको ९७ औं ओस्कार अवार्डमा फिल्म 'अनोरा' ले उत्कृष्ट सम्पादनको अवार्ड जितेको छ। अहिलेसम्म पल टेजवेलले पोशाक डिजाइनको लागि ओस्कर पुरस्कार प्राप्त गरिसकेका छन्। यो श्रेणीमा कुनै अश्वेत व्यक्तिले ओस्कर पुरस्कार पाएको यो पहिलो पटक हो।
यसैबिच, इरानी फिल्म निर्माताहरू हुसेन मोलेमी र शिरिन सोहानीले 'द स्याडो अफ द साइप्रस' को लागि एनिमेटेड सर्ट फिल्मको श्रेणीमा ओस्कर पुरस्कार प्राप्त गरेका छन्।
लाटभियन फिल्म फ्लोले उत्कृष्ट एनिमेसनको श्रेणीमा यो पुरस्कार प्राप्त गरेको छ। लाटभियन फिल्मले ओस्कार जितेको यो पहिलो पटक हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण