आज भैरहवामा तापक्रम ३४ डिग्री सेल्सियस पुग्ने अनुमान
काठमाडौँ । प्रि-मनसुनका दिनहरु सुरु भएकाले देशभरको तापक्रम बढ्न थालेको छ । आज भैरहवाको अधिकतम तापक्रम ३४ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले सो कुराको जानकारी दिएको हो ।
यस्तै विराटनगर र जनकपुरको अधिकतम तापक्रम ३३ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाको अनुमान छ । महाशाखाका अनुसार आज सबैभन्दा कम तापक्रम जुम्लामा माइनस २ डिग्री सेल्सियससम्म रहने जनाइएको छ । यस्तै काठमाडौँको तापक्रम २५ डिग्री सेल्सियससम्म पुग्ने छ ।
अङ्ग्रेजी महिनाको मार्चदेखि सुरु हुने प्रि-मनसुन मे महिनासम्म रहन्छ । प्रि-मनसुन भन्नाले वर्षायाम सुरु हुनुभन्दा अघिको समय हो । यो तीन महिने प्रि–मनसुनमा देशभरको तापक्रम बढ्ने, हावाहुरी चल्ने, मोघ गर्जन र चट्याङसहित वर्षा हुने वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण